महान्यायाधिवक्ता खम्बबहादुर खातीलाई निलम्बन गर्न सांसद महेश बस्नेतको माग

नेकपा एमालेका सांसद महेश बस्नेतले महान्यायाधिवक्ता खम्बबहादुर खातीलाई निलम्बन गर्न माग गरेका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद बस्नेतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकलाई ७८ लाख रुपैयाँ घुस दिएर चाँगु नारायण इन्जिनियरिङ कलेजको मुद्धा दबाउन  खोजेका लम्बोदर न्यौपाने र महान्यायाधिवक्ता खम्बबहादुर खातीबीच यही साउन १९ गते भेटवार्ता भएको र सोको उदेश्य सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई प्रभावित गरेर उच्च अदालतले ठगी हैन बेरुजु भनेको मुद्दालाई