गण्डकी प्रदेशमा थप २६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो चौबिस घण्टामा २३० जनामा गरिएको नमूना परीक्षणमा २६ जनामा संक्रमण देखिएको हो । संक्रमितमध्ये १५ महिला र ११ पुरुष रहेका छन् ।प्रदेशमा विभिन्न जिल्लाहरुमा गरिएको नमूना परीक्षणमा सबैभन्दा धेरै संक्रमित कास्कीमा भेटिएको प्रदेश स्वास्थ्य आपतकालिन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जनाकारी दिए । उनका अनुसार कास्की १०, बागलुङ ५, स्याङ्जा १, गोरखा ३, लमजुङ २, तनहुँ १ र नवलपरासी पूर्वमा ४ जनामा संक्रमण देखिएको हो । योसँगै गण्ड