सुर्खेतमा नेकपा माओवादी केन्द्रले सङ्गठन विस्तार लगायतका गतिविधि बढाएको छ । नेकपा विभाजनपछि पार्टीको निर्देशन अनुसार पार्टी कार्यालय विस्तार, सदस्यता नवीकरणजस्ता गतिविधिहरू माओवादी केन्द्रले अगाडि बढाएको हो ।वीरेन्द्रनगर नगरपालिकाका ७ वटा वडामा माओवादी केन्द्रको पार्टी कार्यालय उद्घाटन गरिएको छ । माओवादी केन्द्र वीरेन्द्रनगरका इञ्चार्ज दानसिंह सुनारका अनुसार वीरेन्द्रनगरका १, ३, ५, ६, ७, १२, र १४ वडामा पार्टीका वडा कार्यालय स्थापना गरिएको छ । अन्य वडा तहमा पनि कार्यालय विस्तारको काम भइरहेक