सत्ता गठबन्धनमा अविश्वास चुलिएकै बेला प्रधानमन्त्रीसँग चिनियाँ राजदूतकाे अर्थपूर्ण भेट

काठमाडौं : सत्ता गठबन्धनमा अविश्वास र असन्तुष्टि बढिरहेका बेला प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि चिनियाँ राजदूत छन सोङबीच भेटवार्ता भएको छ। स्राेतका अनुसार उनीहरूबीच सोमबार बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता भएको हो। तर, प्रधानमन्त्री प्रचण्डका प्रेस विज्ञ मनहरि तिमिल्सिनाले भने यसबारे आफूलाई जानकारी नभएकाे भन्दै सूचना चुहाउन चाहेनन्। सत्ता गठबन्धनमा बढ्