कोरोनाबाट बुटवल १८ का वडाध्यक्षको निधन

बुटवल उपमहानगरपालिका वडा नम्बर १८ का वडाध्यक्ष हुमनाथ आचार्यको कोरोनाका कारण निधन भएको छ । उनको मंगलबार बिहान ८ बजे उपचारका क्रममा काठमाडौंको ह्याम्स अस्पतालमा मृत्यु भएको उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले बताए ।

सम्बन्धित सामग्री

डोटीमा वडाध्यक्षको निधन

१५ मंसिर, डोटी । डोटीको पूर्वीचौकी गाउँपालिका–६ का वडाध्यक्ष पुष्पराज जोशीको निधन भएको छ । बुधबार गाउँकार्यपालिकाको बैठक सकेर सानागाउँबाट घर फर्किने क्रममा जोशीको बाटोमै निधन भएको हो । उनी एक्लै घर गइरहेका बेला एक्कासी बाटोमा ढलेका थिए । उच्च रक्तचापका बिरामी रहेका जोशीको हृदयघातबाट मृत्यु भएको हुन सक्ने गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायले जानकारी दिए […]

डोटीको पूर्वीचौकी–६ का वडाध्यक्ष जोशीको निधन

डोटीका एक वडाध्यक्षको निधन भएको छ । पूर्वीचौकी गाउँपालिका–६ गाजरीका वडाध्यक्ष पुष्पराज जोशीको निधन भएको हो ।

कार्यकक्षमै वडाध्यक्षको निधन

मरिण गाउँपालिका–६ का वडाध्यक्ष कुर्साङ लामाको निधन भएको छ । आज कार्यालयमा सेवा प्रवाह गर्दै गर्दा मस्तिष्काघातका कारण उनको निधन भएको हो । बेहोस भएका लामालाई कपिलाकोट स्वास्थ्य चौकीमा पुर्याइएको भए पनि चिकित्सकले मृत घोषणा गरेको गाउँपालिका अध्यक्ष पानिराज बम्जनले जानकारी दिए ।लामाको निधनले मरिण गाउँपालिकाले एक असल, इमान्दार, कर्तव्यनिष्ठ र जनप्रेमी जनप्रतिनिधि गुमाएको र ठूलो क्षति व्यहोर्नुपरेको बम्जनले बताए । लामा नेकपा माओवादीबाट विसं २०७४ को स्थानीय निर्वाचनमा निर्वाचित वडाध्यक्ष रहेका थ

बित्थडचिर गाउँपालिका–३ का वडाध्यक्षको निधन

बझाङ, ११ कात्तिक: बित्थडचिर गाउँपालिका–३ का वडाध्यक्ष नरबहादुर बोहराको निधन भएको छ । श्वासप्रश्वास रोगबाट पीडित बोहराको उपचारका क्रममा आज डडेल्धुरा अस्पतालमा निधन भएको गाउँपालिकाकी उपाध्यक्ष जानकी बोहराले जानकारी दिए । उनी स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।-रासस/File Photo

काठमाडौं- १९ का वडाध्यक्षको निधन

काठमाडौँ महानगरपालिका–१९ का वडाध्यक्ष शशिलाल श्रेष्ठको निधन भएको छ । खाना खाने नलीको क्यान्सर रोगबाट पीडित ६५ वर्षीय श्रेष्ठको आज दिउँसो नर्भिक अस्पतालमा निधन भएको वडा कार्यालयले जनाएको छ । तीन महिनाअघि मात्र उनमा खाना खाने नलीको क्यान्सर रोग पत्ता लागेको थियो । बिहानसम्म साविक झैँ कुराकानी गर्नुभएका श्रेष्ठलाई दिउँसो २ बजेपछि रोगले चापेको हो ।विद्यार्थीकालदेखि नै नेपाल विद्यार्थी सङ्घको राजनीतिमा सक्रिय भएका श्रेष्ठ २०४९ सालको स्थानीय निकाय निर्वाचनदेखि वडाध्यक्ष निर्वाचित भएका थिए । विसं

सुनसरीमा वडाध्यक्षको निधन

चौधरीको निधनले गाँउपालिकालाई अपुरणीय क्षति पुगेको गाँउपालिका अध्यक्ष श्रीप्रसाद साहले बताउनुभयो । चौधरी २०७४ को स्थानीय निर्वाचनमा एमालेका तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

पाल्पामा वडाध्यक्षको निधन

पाल्पाको निस्दी गाउँपालिका– ४ मित्यालका वडाध्यक्ष न्योबहादुर सुनारीको निधन भएको छ । नेकपा (एमाले) जिल्ला सल्लाहकार परिषद् सदस्यसमेत रहेका ५२ वर्षीय सुनारीको उपचारका क्रममा तानसेनस्थित लुम्बिनी मेडिकल कलेज, प्रभावमा सोमबार निधन भएको परिवारले जनाएको छ । स्वास्थ्यमा समस्या देखिएपछि सोमबार मेडिकल कलेज लगिनुभएका सुनारीको कमजोरी महशुस हुने पहिल्यैदेखिको समस्या र थप जटिलता आएर उपचारकै क्रममा निधन भएको गाउँपालिकाले जनाएको छ । सुनारीको निधनमा शोक वक्तव्य जारी गर्दै गाउँपालिका बन्द गरिने भएको छ

कोरोनाबाट वडाध्यक्षको निधन

कोरोना सङ्क्रमणबाट दंगीशरण गाउँपालिका वडा नं  ३ का वडाध्यक्ष पूर्णबहादुर चौधरीको ६३ वर्षका उमेरमा निधन भएको छ । नेपालगञ्जस्थित कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा उनको आज  निधन भएको गाउँपालिकाका प्रवक्ता वीरबहादुर ओलीले जानकारी दिए ।यसैगरी कोरोनाबाट नै  बबई गाउँपालिका वडा नं ४ का लक्ष्मण बस्नेतको निधन भएको छ । पत्रकार महासङ्घ दाङका सदस्य समेत रहेका उनको भैरहवा युनिभर्सल मेडिकल कलेजमा उपचारका क्रममा आज अपराह्न निधन भएको हो । रेडियो हापुरेमा कार्यरत उनले गत हप्तामात्र कोरोनाला