अफगानिस्तानमा रहेका नेपालीको उद्धार प्रबन्ध मिलाउन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले अफगानिस्तानमा रहेका नेपालीहरुको उद्धार प्रबन्ध मिलाउन निर्देशन दिएको जनाएका छन् । सोमबार बिहान ट्विट गर्दै प्रधानमन्त्री देउवाले अफगानिस्तानमा नेपालीको उपस्थिति र स्थितिको तथ्य लिन आइतबार नै निर्देशन दिएको बताए ।सुरक्षा र उद्धार प्रतीक्षा गरिरहेका नेपालीका लागि आवश्यक समन्वय र अभिभावकत्व सरकारको दायित्व भएको प्रधानमन्त्री देउवाको भनाइ छ ।सजगता र गम्भीरतापूर्वक सरकारले अभिभावकत्व जिम्मेवारी निभाउने उनले बताए । 

सम्बन्धित सामग्री

मलेसियामा बन्धक बनाइएका नेपालीको तत्काल उद्दार गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । सरकारले वैदेशिक रोजगारीका क्रममा मलेसियामा बन्धक बनाइएका १९ नेपालीको उद्धार गर्न पहल गरेको छ । वैदेशिक रोजगारको सिलसिलामा मलेसिया पुगेका उनीहरुलाई विगत आठ दिनदेखि बन्धक बनाइएको समाचार सार्वजनिक भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अवस्था बुझेर उद्धार गर्न पहल थालेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यो विषय गम्भीर भएकाले तत्काल उद्धारका लागि आवश्यक […]

मलेसियामा बन्धक बनाइएका नेपालीको उद्धार गर्न प्रधानमन्त्रीको निर्देशन

२५ पुस, काठमाडौं । मलेसियामा बन्धक बनाइएका १९ जना नेपालीको उद्धार गर्न सरकारले पहल शुरु गरेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले बताएको छ । वैदेशिक रोजगारको सिलसिलामा मलेसिया पुगेका नेपालीहरु विगत ८ दिनदेखि बन्धक बनाइएको समाचार सार्वजनिक भएपछि प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले अवस्था बुझ्न र निजहरुलाई उद्धारका लागि पहल लिएको हो । प्रधानमन्त्री प्रचण्डले यो […]