काठमाडौं – प्रहरीले सामाजिक सञ्जालमा कानून विपरीत अभिव्यक्ति दिएर भ्रमण फैलाउनेविरुद्ध कारबाही सुरु गरेको छ । नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोले सामाजिक सञ्जालमा बैंकका कर्मचारीलाई कुट्ने पिट्ने र गलत अभिव्यक्ति दिने व्यक्तिलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको छ । साइबर ब्यूरोले झापा अर्जुनधारा नगरपालिका–११ भर भएका ईश्वरीप्रसाद संग्रौलालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको हो […]