सुर्तिजन्य पदार्थका साथै भेप तथा ईसिगरेट नियमनलाई प्राथमिकतामा राख्ने स्वास्थ्य मन्त्री डा शर्माको प्रतिबद्धता

भेटका क्रममा डा. बमले भाइटल स्ट्राटेजिीकाजका ले नेपालमा सुर्तीजन्य पदार्थको नियन्त्रण तथा नियमनमा निरन्तर सहयोग गर्दै आएको उल्लेख गर्दै अबको मुख्य प्राथमिकता कानूनको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिए। उनले नयाँ पुस्तालाई निकोटिनमुक्त बनाउने लक्ष्यमा भेप र ईसिगरेट जस्ता उपकरण प्रमुख अवरोधका रूपमा देखिएको बताउँदै, ती सामग्रीको नियन्त्रणका लागि तत्काल आवश्यक कदम चाल्नुपर्ने धारणा राखे। यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विशेष पहल गर्नुपर्नेमा उनले आग्रह गरे।