रहेनन् बलिउड अभिनेता धर्मेन्द्र

उनलाई श्वासप्रश्वासमा समस्या भएपछि गत साता मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो। त्यहाँ उनलाई तीन दिन भेन्टिलेटरमा राखेर उपचार गरियो। स्वास्थ्यमा सुधार भएपछि उनी डिस्चार्ज भएर घर फर्किएका थिए। र, घरमै उनको उपचार भइरहेको थियो। सोमबार भने उनले घरमै अन्तिम सास लिए।