एन्फामा किचलो : कार्यवाहक अध्यक्षले गरे महासचिव निलम्बन

काठमाडौँ। अखिल नेपाल फुटबल संघ (एन्फा)का कार्यवाहक अध्यक्ष वीरबहादुर खड्काले महासचिव किरण राईलाई निलम्बन गरेका छन्। अध्यक्ष पंकजविक्रम नेम्वाङ एएफसीको कार्यक्रममा रहेको हुँदा वरिष्ठ उपाध्यक्षको हैसियतमा खड्काले कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका थिए। उनै खड्काले आइतबार महासचिव राईले संघको साधारणसभा र कार्यसमितिको निर्णयविपरीत कार्य गरेर फुटबल खेलको विकासमा नकारात्मक असर पारेको भन्दै कारबाही गरेको पत्र पठाएका […]