सर्लाहीमा थपिए पाँच हजारभन्दा बढी मतदाता

सर्लाही। आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि थप पाँच हजार ८१७ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन्। जिल्ला निर्वाचन कार्यालयका अनुसार गत असोज १० गतेबाट नयाँ दर्ता सुरु भएको थियो। नामावली सङ्कलन अभियानमा पाँच हजार ८१७ जना नयाँ मतदाता थपिएका जिल्ला निर्वाचन अधिकारी शिवनारायण साहले जानकारी दिए। सुरुदेखि अन्तिमसम्म नै मतदाता नामावलीमा नाम लेखाउनेको उत्साहपूर्ण […]