काठमाडौं । नेपाली कांग्रेसका नेता जीवन परियारले पार्टीको १५औँ महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। यसअघि सहमहामन्त्री रहेका परियारले १५औँ महाधिवेशनमा उपसभापतिमा उम्मेदवारी घोषणा गरेका हुन्। परियारले लामो समय नेपाल दलित संघमा काम गरेका छन्। २०५५ सालमा दलित संघ कास्कीको संस्थापक सचिव बनेका उनी संघको केन्द्रीय प्रचारप्रसार सचिव, सचिव र दुई कार्यकाल महामन्त्री भएका […]
नेपाली फिल्मको पहिलो अध्यायको स्मरण गर्दै राष्ट्रिय चलचित्र दिवसका अवसरमा नेपाल चलचित्र कलाकार संघले आमा फिल्मलाई केन्द्रमा राखेर हालै विशेष कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा पहिलो नेपाली फिल्म आमाका त्रिअभिनेत्री भुवन चन्द थापा, चैत्यदेवी सिंह र वसुन्धरा भुसाल एकै ठाउँमा जम्मा भएका थिए। कार्यक्रममा आमासंग जोडिएको नेपाली फिल्मको प्रारम्भिक यात्रादेखि पहिलो पुस्ताका कलाकार तथा प्राविधिकले […]
तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिकाले शनिबारदेखि नगर बस सञ्चालनमा ल्याएको छ । नगर बस सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०८३ जारी गरी गाउँपालिकाले यो सेवा सुरु गरेको गाउँपालिका अध्यक्ष दिलकुमार पाहिमले बताए । नगर बस खरिद तथा सञ्चालनका लागि गाउँपालिकाले गत आर्थिक वर्षमा ६० लाख रुपैयाँ विनियोजन गरेको थियो । उक्त नगर बस आठराई गाउँपालिकाको केन्द्र […]
१९ असोज, काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका-८ कपाली टोलमा आगलागी भएको छ ।
प्रहरी वृत्त जगाती भक्तपुरका अनुसार नवराज भट्टले सञ्चालन गरेको कवाडी पसलमा आज बिहान करिब साढे ६ बजेतिर आगलागी भएको हो ।
बिजुलीको तार सर्ट …
साढे आठ दशकभन्दा बढी समयदेखि मरुभूमि क्षेत्रको सानपेटे काउन्टीस्थित सानो कृषि शहर मोरोनीको दैनिकीमा टर्की प्रशोधन केन्द्र एउटा मुख्य आधार बनेको छ। पिटम्यान फार्म्सको ‘नोर्बेस्ट’ ब्राण्डअन्तर्गत सञ्चालित यस उद्योगले करिब १५ सय जनसङ्ख्या भएको यस शहरका कैयौँ पुस्तालाई रोजगारी र जीविकोपार्जनको माध्यम दिँदै आएको छ। तर, गत बुधबार राति काम सकेर घर फर्किने क्रममा अध्यागमन […]
फ्लाईदुबईको एक उडानका क्रममा सहपाइलटले पाइलटमाथि आक्रमण गरेको घटनाले हवाई सुरक्षासम्बन्धी धेरै प्रश्न जन्माएको छ। घटनामाथि अनुसन्धान जारी रहँदा सार्वजनिक भएका केही आधिकारिक विवरणमाथि समेत अनलाइन टिप्पणीकार र उड्डयन क्षेत्रका जानकारहरूले प्रश्न उठाइरहेका छन्। बुधबार दुबई अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको फ्लाइट FZ1073 करिब साढे दुई घण्टापछि अचानक तीव्र रूपमा तल झरेको थियो। त्यसपछि विमानले साउदी अरेबियामा […]