विवाह पञ्चमी महोत्सवका लागि जनकपुरधाममा सरसफाइ (फोटो फिचर )

जनकपुरधाममा लामो समयदेखिको फोहर सरसफाइ गर्न सीताराम विवाह पञ्चमी महोत्सव कुर्नु परेको छ । महोत्सवको तयारीस्वरुप प्रदेश २ सरकारको पहलमा बुधबारदेखि सरसफाइअभियान सुरु भएको हो ।प्रदेश २ का उद्योग, वन, वातावरण, पर्यटन मन्त्री सत्रुधन महतो लगायतको उपस्थितिमा जनकपुरधामका विभिन्न स्थलमा सरसफाइ सुरु गरिएको थियो । यस क्रममा जनकपुरधामको बाह्रविघा मैदान, प्रादेशिक अस्पताल रोड एरियाको सरसफाइ भएको छ । सरसफाइ अभियानमा सुरक्षाकर्मी, जानकी मन्दिरका प्रतिनिधि, जनकपुरधाम उपमहानगरपालिका, युवा, अगुवालगायतको सहभागिता

सम्बन्धित सामग्री

जनकपुरधाममा विवाह पञ्चमी महोत्सव सम्पन्न (फोटो फिचर)

जनकपुरधाममा भगवान राम र सीताबीच प्रतिकात्मक विवाह सम्पन्न भएको छ । त्रेता युगमा भगवान राम र सीताबीच विवाह भएको सम्झनामा बुधबार राति जनकपुरधामस्थित जानकी मन्दिरमा वैदिक परम्पराअनुसार रामसीताको प्रतिकात्मक विवाह सम्पन्न भएको हो ।

सीताको मटकोर गंगासागरमा (फोटो फिचर)

सप्ताहव्यापी विवाह पञ्चमी महोत्सवको आज पाँचौ दिन अर्थात् मटकोर विवाहको अघिल्लो दिन गरिने विधि हर्षोउल्लासका साथ सम्मन्न भएको छ । भोलि बुधबार सीता र रामको विवाह हुनेछ ।  प्रदेश २ को अस्थायी राजधानी जनकपुरधामस्थित गंगाासागर सरोवरमा मंगलबार सप्ताहव्यापी विवाह पञ्चमी महोत्सव अन्तर्गत मटकोर विधि सम्पन्न भएको छ ।

विवाह पञ्चमी महोत्सवमै सीतारामको स्वयम्बर स्थल कुरुप ( फोटो फिचर)

विवाह पञ्चमी महोत्सवको आगमनसँगै जनकपुरधाममा विशेष रौनक छाएको छ । बुधबार सीताराम विवाह महोत्सव हो । तर स्वयम्बर स्थलका रुपमा रहेको रंगभूमि मैदानको सरसफाइप्रति स्थानीय तहले वास्ता गरेको छैन । विवाह पञ्चमीका अवसरमा जानकी मन्दिरलाई सिँगारिएको छ । तर भगवान राम र सीता विवाहको प्रत्यक्ष साक्षी रहेकोे रंगभूमि मैदान अर्थात् बाह्रबिघालाई भने विवाह पञ्चमी महोत्सवमा समेत बेवास्ता गरिएको छ । रंगभूमि मैदान माता सीताको स्वयम्बरसँग सम्बन्धित मानिएको थलो हो ।यही मैदानमा विवाह पञ्चमी महोत्सवमा माता सीता र भगवान र

यस्तो छ जनकपुरमा विवाह पञ्चमी महोत्सवको रौनक (फोटो फिचर)

शैलेन्द्र महतो/उज्यालो ।   जनकपुरधाम, मंसिर ७ – जनकपुरमा आज राम–सीता विवाह पञ्चमी महोत्सवम धुमधामसँग मनाईंदै छ । सप्ताहव्यापी रुपमा ...