ढुंगा खसालेर बालकको ज्यान लिएको आरोप लागेका डोजर चालक पक्राउ

गुल्मीमा सडक खन्ने क्रममा ढुंगा खसालेर बालकको ज्यान लिएको आरोप लागेका डोजर चालक पक्राउ परेका छन् । केहि दिनअघि स्कुल जाँदै गरेका एक बालकलाई ठक्कर दिएर फरार रहेका डोजर चालक रेसुङ्गा नगरपालिका–१२ उर्लेनीका शेरबहादुर विक पक्राउ परेका हुन् । असार २६ गते विहान साढे ९ बजे मुसिकोट नगरपालिका–३, स्थित धारापानी मैदान सडक खण्डमा  बा २ क ९४६७ नम्वरको जेसिबीले सडक खन्ने क्रममा माथिबाट खसेको ढुङ्गा लागेर स्कुल जाँदै गरेका मुसिकोट–२ का १४ बर्षीया बालक गगन रायमाझीको मृत्यु भएको थियो