युक्रेनका राष्ट्रपतिले भने- रुसले युक्रेनमाथि क्षेप्यास्त्र प्रहार गर्यो

एजेन्सी, १२ फागुन। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले युक्रेनमाथि क्षेप्यास्त्र प्रहार गरेको पुष्टि गरेका छन् । रुसी सेनाले आफ्नो मुलुकका पूर्वाधार र सीमा सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीलाई लक्षित गर्दै क्षेप्यास्त्र प्रहार गरेको राष्ट्रपति जेलेन्स्कीले बताएका हुन् । रुसले समेत युक्रेनको सैन्य पूर्वाधार क्षेत्रमाथि आक्रमण गरेको बताएको छ । तर, रुसले युक्रेनका शहरहरुमा आक्रमण नगरेको बताएको […]

सम्बन्धित सामग्री

रुसबाट युक्रेनमाथि फेरि क्षेप्यास्त्र आक्रमण, चार जनाको ज्यान गयो

रुसले युक्रेनमाथि फेरि क्षेप्यास्त्र आक्रमण गरेको छ । आक्रमणबाट कम्तीमा ४ जनाको ज्यान गएको छ भने ऊर्जा तथा अन्य भौतिक संरचनामा पनि क्षति पुगेको युक्रेनले जनाएको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका अनुसार रुसी आक्रमणबाट मोल्दोभामा बिजुलीको आपूर्तिमा समस्या भएको छ । रुसले आठ हप्तामा आठौँ पटक युक्रेनलाई लक्षित गरी क्षेप्यास्त्र प्रहार गरेको बीबीसीले जनाएको छ । क्षेप्यास्त्र प्रहार र क्षतिबारे रुस–युक्रेनका आ–आफ्नै दाबी छन् । युक्रेनले रुसले प्रहार गरेका ७० मध्ये ६० वटा क्षेप्यास्त्र खसालेको दाबी समेत ...

रुसी आक्रमणका कारण एक करोड युक्रेनी नागरिक बिजुलीबाट वञ्चित

रुसले गरेको नयाँ क्षेप्यास्त्र आक्रमणका कारण झण्डै एक करोड युक्रेनी नागरिक बिजुलीबाट वञ्चित भएका छन् । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले एक करोड युक्रेनीहरू विद्युत् आपूर्तिबाट वञ्चित हुन पुगेको बताउनुभएको छ । बिजुली आपूर्ति व्यवस्था सामान्य बनाउन हरेक प्रयास गरिरहेको उहाँको भनाइ छ । जापोरिजाको दक्षिण पश्चिमतर्फ पर्ने नीकोपोल सहर क्षेत्रमा हजारौँ घरमा पानी र बिजुली आपूर्ति बन्द छ । रुसले युक्रेनमाथि गएराति पनि क्षेप्यास्त्र प्रहार गरेको छ । आक्रमणको निशानामा भवन र ऊर्जा केन्द्रहरू परेका छन् । युक्रेनी राष्ट्रपति...