बागमती प्रदेशसभाका सदस्य तथा नेकपा एमालेका नेता राजेन्द्र पाण्डेले सरकारले ल्याएको बजेट जनताप्रति उत्तरदायी छ भन्ने अवस्था नरहेको बताएका छन् । शुक्रबार बसेको प्रदेशसभाको दोस्रो बैठकमा बोल्दै उनले सो कुरा बताएका हुन् । प्रदेश सरकारले ल्याएको नयाँ बजेटमाथि छलफल गर्दै सांसद् पाण्डेले सरकारले समीक्षा नै नगरी बजेट ल्याएकोले जनताको हित गर्छ नै भन्न नसकिने बताए ।सरकारले कोरोना विरुद्धको खोप खरिदका लागि पनि प्रयाप्त बजेट छुट्याउन नसकेको उनले आरोप लगाए । केन्द्रीय सरकार र नीजि क्षेत्रले समेत ल्याउन नसकेक