गुहेश्वरी मर्चेन्टको लाभांश दर बढ्यो, ११.४% लाभांश, युनाइटेड फाइनान्सले केही पनि नदिने

काठमाडौं। गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्सले गत वर्षको नाफाबाट ११.४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। फाइनान्सले ८ प्रतिशत बोनस सेयर

सम्बन्धित सामग्री

तीन वित्त कम्पनीले मात्रै दिए गत आवको मुनाफाबाट लाभांश

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूचीकृत १५ वित्त कम्पनीमध्ये हालसम्ममा तीन कम्पनीले मात्रै गत आर्थिक वर्ष २०७९/८० सम्मको मुनाफाबाट लाभांश दिएका छन् । श्री इन्भेष्टमेन्ट फाइनान्स, आइसीएफसी फाइनान्स र मञ्जुश्री फाइनान्सले मात्रै लाभाश दिएका हुन । यी तीन कम्पनीले नगद लाभांश मात्रै दिएका हुन ।   आइसीएफसी फाइनान्सले गत आवको मुनाफाबाट आफ्ना शेयरधनीलाई ६ दशमलव ५ प्रतिशत ,मञ्जुश्री फाइनान्सले ५ दशमलव २६३ प्रतिशत र श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले ५ दशमलव ०५ प्रतिशत नगद लाभांश दिएका हुन । यी तीनओटै कम्पनीले नगद लाभांश सम्बन्धीत शेयरधनीको बैंक खातामा पठाइसकेका छन् ।  आठ कम्पनीले लाभांश नदिने निर्णय गरेका हुन । नेपाल फाइनान्स,गोर्खाज फाइनान्स,गुडवील फाइनान्स,पोखरा  फाइनान्स,सेन्ट्रल फाइनान्स,सृमद्धि फाइनान्स, गुहेश्वरी मर्चेण्ट एण्ड फाइनान्स र मल्टीपर्पस फाइनान्सले लाभांश वितरण नगर्ने निर्णय गरेका हुन । गत आवमा आर्थिक मन्दिका कारण कम्पनीहरुको नाफा प्रभावित भएको छ । त्यस्तै बैंक तथा वित्तीय संस्थाहरुको बढ्दो खराब कर्जाले अन्य क्षेत्रहरुलाई पनि प्रभावित बनाएको छ भने सूचीकृत कम्पनीहरुको नाफामा प्रत्यक्ष असर परेका कारण शेयरधनीलाई लाभांश वितरण गर्न नसकेका जानकारहरु बताउँछन् । त्यस्तै चार कम्पनीले भने हालसम्म हालसम्म लाभांश सम्बन्धी निर्णय र साधारण सभा आहवन गर्न बाँकी रहेको छ । रिलायन्स फाइनान्स, प्रोग्रेशिभ फाइनान्स,जानकी फाइनान्स र वेष्ट फाइनान्सले लाभांश सम्बन्धी निर्णय र साधारण सभा आहवन गर्न बाँकी रहेको हो ।

सेन्ट्रल फाइनान्सले यस वर्ष लाभांश नदिने

काठमाडौं । सेन्ट्रल फाइनान्स लिमिटेडले गत आर्थिक वर्ष २०७९/८० सम्मको मुनाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको छ । कम्पनीको फागुन ४ गते बसेको सञ्चालक समितीको बैठकले गत वर्षको मुनाफाबाट यस वर्ष कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो । साथै कम्पनीले गत आर्थिक वर्षको वित्तिय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंकमा पठाएको जानकारी दिएको छ । अघिल्लो आवको मुनाफाबाट कम्पनीले आफ्ना शेयरधनीलाई ५ प्रतिशत नगद लाभांश दिएको थियो ।

प्रोग्रेशिभ फाइनान्सले यस वर्ष लाभांश वितरण नगर्ने

काठमाडौं । प्रोग्रेसिभ फाइनान्सले आर्थिक वर्ष (आव) २०७९/८० को मुनाफाबाट यस वर्ष लाभांश नदिने भएको छ । कम्पनीको मङ्सिर २७ गते सम्पन्न सञ्चालक समितिको बैठकले आव २०७९/८० मा लाभांश वितरण नगर्ने प्रस्तावसहित वित्तीय विवरण स्वीकृतिको लागि राष्ट्र बैंकमा पठाउने निर्णय गरेको हो ।  राष्ट्र बैंकले वित्तीय विवरण स्वीकृत गरेपछि कम्पनीलाई साधारणसभा बोलाउने बाटो खुल्ने छ ।

गुडविल फाइनान्सले यस वर्ष लाभांश नदिने

काठमाडौं । गुडविल फाइनान्स लिमिटेडले यस वर्ष लाभांश नबाँड्ने भएको छ । जेठ १६ गते दिउँसो बसेको कम्पनीको सञ्चालक समिति बैठकले गत आर्थिक वर्ष ०७८/७९ को वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने मात्र निणर्य गरेको हो । कम्पनीले नेप्सेमार्फत सार्वजनिक गरेको सूचनामा यस वर्ष लाभांश वितरण नगर्ने निणर्य भएको जानकारी दिएको हो ।  विगतका वर्षहरूमा निरन्तर लाभांश वितरण गर्दै आएको कम्पनीले यस वर्ष भने लगानीकर्ताको हात खाली बनाउन लागेको हो । कम्पनीले गत वर्ष ९ दशमलव १ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ३ दशमलव ९ प्रतिशत नगद लाभांश गरी कुल १३ प्रतिशत लाभांश वितरण गरेको थियो । हाल कम्पनीको चुक्तापूँजी रू. ९४ करोड ६१ लख १५ हजार रहेको छ । धितोपत्र दोस्रो बजारमा कम्पनीको शेयर मूल्य जेठ १६ गते प्रतिकित्ता रू. ४४१ कायम भएको छ । यस दिन कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. १९ ले घटेको हो ।

गोर्खाज् फाइनान्सको २५औं साधारणसभा कात्तिक ५ मा

गोर्खाज् फाइनान्सले २५औं वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीले कात्तिक ५ गते आर्थिक वर्ष २०७५÷०७६ को साधारणसभा आयोजना गर्न लागेको हो । सो आवको साधारणसभा तय गरेको गोर्खाजले उक्त वर्षको नाफाबाट भने कुनै पनि लाभांश नदिने पनि जानकारी गराएको छ ।कम्पनीले साधारणसभा प्रयोजनका लागि असोज १८ देखि कात्तिक ५ गतेसम्म बुक क्लोजको निर्णय गरेकाले […]

गोर्खाज् फाइनान्सको २५औं साधारण सभा कात्तिक ५ मा, सेयरधनीलाई लाभांश भने नदिने

काठमाडौं । गोर्खाज् फाइनान्सले २५औं वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीले कात्तिक ५ गते बिहान ११ बजेबाट काठमाडौंको होटेल