कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति गठन, यी हुन् सदस्य [सूचीसहित]

नेपाली कांग्रेसको ३७ जनाको केन्द्रीय कार्यसम्पादन समिति गठन भएको छ । कांग्रेसको केन्द्रीय समितिको बैठकमा सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समिति गठन गर्ने प्रस्ताव गरेका हुन् ।  केन्द्रीय कार्य सम्पादन समितिका १३ जना पदाधिकारी र २४ जना केन्द्रीय सदस्यहरूलाई समेटिएको छ । कांग्रेसको विधानको धारा २३ को दफा १ र २ बमोजिम सभापति देउवाले केन्द्रीय कार्यसम्पादन समिति प्रस्ताव गरेका हुन् । कांग्रेस केन्द्रीय समिति बैठक बसिरहेको छ । 

सम्बन्धित सामग्री

सानेपामा कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक सुरु

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक सुरु भएको छ ।  संसदीय दलको नेता चयनका लागि निर्वाचन समिति चयन गर्नेलगायतका एजेण्डा बैठकको रहेको छ । उपसभापति धनराज गुरुङका अनुसार पार्टी कार्यालयमा सुर भएको बैठकले निर्वाचन समिति गठन गरेर चुनावको मिति तोक्ने छ ।कांग्रेसमा संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा, नेता शेखर कोइराला र महामन्त्री गगन थापाबीच प्रतिस्पर्धा हुने देखिएको  । संस्थापक पक्षबाट देउवा र इतर पक्षबाट कोईराला र थापा चुनावी प्रतिस्पर्धामा उत्रिने तयारीमा छ