भारतमा लगातार दुई दिन पेट्रोल र डिजेलको मूल्य वृद्धि

वैशाख २२, नयाँदिल्ली । भारतमा पेट्रोल र डिजेलको बुधवार पुनः मूल्यवृद्धि भएको छ । मंगलवार पनि यी दुई पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको थियो । बुधवार अघिल्लो दिनको तुलनामा पेट्रोलको मूल्य प्रतिलिटर भारु १९ पैसा र डिजेलको मूल्य भारु २१ पैसा वृद्धि भएको छ । राजधानी नयाँ दिल्लीमा पेट्रोल प्रतिलिटर भारु ९० दशमलव ७४ कायम भएको छ भने डिजेलको मूल्य भारु ८१ दशमलव १२ रहेको छ । भारतीय तेल कम्पनीहरुले मंगलवार पनि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेका थिए । मंगलवार प्रतिलिटर पेट्रोलमा ६७ पैसा र डिजेलमा १८ पैसा वृद्धि भएको थियो ।            सरकारी स्वामित्वका इन्डियन आयल कर्पोरेसन, बीपीसीएल र एचपीसीएलले गत वर्षको मार्च यता पेट्रोलमा प्रतिलिटर भारु २१ दशमलव ५८ र डिजेलमा भारु १९ दशमलव १८ ले वृद्धि गरिसकेका छन् । रासस/  पीटीआई