अपि पावरले ७.५ % बोनसपछि ४० % हकप्रद शेयर जारी गर्ने

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले ४० प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ । माघ २ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले प्रस्तावित ७ दशमलव ५ प्रतिशत बोनस शेयरपछि कायम चुक्तापूँजीको आधारमा ४० प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय गरेको हो । चुक्तापूँजी रू. ३ अर्ब ८४ करोडभन्दा बढी रहेको कम्पनीले गत वर्षको मुनाफाबाट ७ दशमलव ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ३९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त लाभांश वितरणका लागि विद्युत् नियमन आयोगको स्वीकृति पाइसकेको कम्पनीले पूँजी वृद्धिका लागि थप ४० प्रतिशत हकप्रद शेयर जारी गर्ने तयारी गरेको छ ।  कम्पनीले प्रस्तावित हकप्रद शेयर निष्कासनका लागि पहिलो चरणमा विद्युत् नियमन आयोगको स्वीकृति लिई वार्षिक साधारण सभाबाट पारित गराउनुपर्नेछ । दोस्रो चरणमा भने धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डसँग पनि स्वीकृति लिनुपर्नेछ ।  यी सबै प्रक्रिया पूरा गरेर शेयरधनीहरूमा १ बराबर शून्य दशमलव ४० को अनुपातमा हकप्रद शेयर जारी गर्ने निर्णय कम्पनीले गरेको छ । प्रस्तावित ७ दशमलव ५ प्रतिशत बोनस शेयर वितरणपछि कम्पनीको चुक्तापूँजी रू. ४ अर्ब १३ करोडभन्दा माथि पुग्नेछ । सोही पूँजीको आधारमा कम्पनीले ४० प्रतिशत दरका १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद शेयर जारी गर्नेछ ।

सम्बन्धित सामग्री

रिभर फल्स पावरले शतप्रतिशत हकप्रद शेयर जारी गर्ने

काठमाडौं । रिभर फल्स पावर लिमिटेडले शतप्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ । चैत ८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा १ बराबर १ को अनुपातमा हकप्रद शेयर जारी गर्ने निर्णय गरेको हो । कम्पनीले बैंक ऋण भुक्तानीको लागि हकप्रद शेयर निष्कासन गर्न लागेको हो । हाल कम्पनीको चुक्तापूँजी ७० करोड रूपैयाँ रहेको छ । सोही पूँजीको अधारमा कम्पनीले ७० करोड रूपैयाँ बराबरकै हकप्रद विक्री गर्ने निर्णय गरेको हो । शतप्रतिशत हकप्रद निष्कासन तथा बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी १ अर्ब ४० करोड रूपैयाँ कायम हुनेछ । कम्पनीको सञ्चालक समितिको बैठकले निर्णय गरेको हकप्रद शेयर विद्युत नियमन आयोगको स्वीकृति पछि आगामी साधारण सभाबाट पारित भएपश्चात निष्कासन प्रक्रिया जानेछ ।

अरुण काबेलीले शतप्रतिशत हकप्रद शेयर जारी गर्दै

काठमाडौँ– अरुण काबेली पावर कम्पनी लिमिटेडले आगामी भदौ ८ गतेदेखि शतप्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ । कम्पनीले १ः१ अनुपातमा १ करोड ८५ लाख ५२ हजार १०५ कित्ता हकप्रद शेयर जारी गर्न लागेको हो । जसअनुसार यस कम्पनीले १ सय अंकित मूल्यमा १ अर्ब ८५ करोड ५२ लाख १० हजार ५ सय रुपैयाँ बराबरको […]

सिंगटी हाईड्रो इनर्जीले शत प्रतिशत हकप्रद शेयर जारी गर्ने

काठमाडौं । सिंगटी हाईड्रो इनर्जी लिमिटेडले शत प्रतिशत हकप्रद शेयर निष्कासन गर्दै छ । जेठ १७ गते बसेको सञ्चालक समिति बैठकले शत प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने निणर्य गरेको हो । कम्पनीले अन्य जलविद्युत् आयोजनामा लगानी गर्न तथा कम्पनीको ऋण चुक्ता गर्न हकप्रद शेयर निष्कासन गर्न लागेको जनाएको छ । नियमनकारी निकायबाट सहमति प्राप्त भएपश्चात् आगामी वार्षिक साधारण सभाबाट अनुमोदन गरी सो दरमा हकप्रद शेयर निष्कासन गरिनेछ । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ४५ करोड रहेको छ । शत प्रतिशत हकप्रद शेयर निष्कासनपछि कम्पनीको पूँजी रू. २ अर्ब ९० करोड पुग्नेछ ।

६३ % हकप्रद शेयर जारी गर्दै  हाथवे स्टक डिलर

काठमाडौं । हाथवे स्टक डिलर लिमिटेडले आगामी वैशाख ६ गतेदेखि ६३ प्रतिशत हकप्रद शेयर विक्री गर्ने भएको छ ।  कम्पनीले चैत २१ गते सूचना जारी गर्दै आगामी जेठ ९ गतेसम्म उक्त हकप्रद शेयर विक्री गरिने जानकारी दिएको हो । कम्पनीले प्रतिशेयर रू. १०० अंकित दरमा हकप्रद शेयर जारी गर्न लागेको हो । हकप्रद निष्कासन गर्ने सम्बन्धि प्रस्ताव गत असोज २८ गते सम्पन्न प्रथम वार्षिक साधारण सभाबाट पारित भएको थियो । सूचना हेर्न यहाँ क्लिक गर्नुहोस् ।

१५० % हकप्रद शेयर जारी गर्ने तयारीमा छ्याङ्दी हाइड्रोपावर

काठमाडौं । छ्याङ्दी हाइड्रोपावर लिमिटेडले १५० प्रतिशत हकप्रद शेयर जारी गर्ने तयारी गर्दै छ । यसअघि कम्पनीले ४० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव २०७८ साल पुस ३० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित गरेको थियो । उक्त प्रस्तावलाई रद्द गर्दै हाल कायम चुक्तापूँजीको आधारमा १५० प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय कम्पनीले गरेको हो । फागुन १२ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले हकप्रद निष्कासनसम्बन्धी निर्णय गरेको हो । विद्युत् नियमन आयोगको स्वीकृति र आगामी साधारण सभाबाट पारित भएपछि कम्पनीले नेपाल धितोपत्र बोर्डमा हकप्रद निष्कासनका लागि स्वीकृति माग गर्नेछ । हाल कम्पनीको चुक्तापूँजी रू. ३८ करोड ६९ लाख ५५ हजार ५०० रहेको छ । कम्पनीको प्रस्तावित हकप्रद शेयर विक्री गर्न अनुमति पाएमा चुक्तापूँजी रू. ९६ करोड ७४ लाख ४३ हजार ७५० पुग्नेछ । यस कम्पनीले ४ मेगावाट क्षमताको जलविद्युत् आयोजनाको निर्माण सम्पन्न गरी विद्युत् उत्पादन गर्दै आएको छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीले रू. ५ करोड २६ लाखभन्दा बढीको विद्युत् विक्री गरेको छ । यस अवधिसम्म कम्पनी रू. १ करोड १२ लाखभन्दा बढी खुद नोक्सानीमा रहेको छ । पछिल्लो समय जलविद्युत् कम्पनीहरूलाई आयोजना निर्माणका लागि लिएको कर्जा भुक्तानीका लागि हकप्रदमार्फत पूँजी जुटाउन सक्ने व्यवस्था गरिएको छ । सोही व्यवस्थाअनुसार कम्पनीले हकप्रदमार्फत पूँजी जुटाउन लागेको हो ।

नारायणी डेभलपमेन्ट बैंकले चुक्ता पूँजीको १.१ अनुपातमा हकप्रद शेयर जारी गर्ने

नारायणी डेभलपमेन्ट बैंक लिमटेडले चुक्ता पुँजीको १.१ अनुपातमा हकप्रद शेयर जारी गर्ने भएको छ।

आजदेखि २७ करोड २९ लाख ७० हजार ५०० रुपैयाँको हकप्रद शेयर खुला, कसरी दिने आवेदन‍ ?

समृद्धि फाइनान्स लिमिटेडले आज (फागुन ८ गतेदेखि) हकप्रद शेयर निष्काशन गर्दैछ। फाइनान्सले हाल कायम २ कित्ता शेयर बराबर नयाँ १ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो। यसअनुसार फाइनान्सले एक सय रुपैयाँ अंकित दरका २७ करोड २९ लाख ७० हजार ५०० रुपैयाँ बराबरको २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद जारी गर्नेछ। हकप्रद निष्काशनका लागि फाइनान्सले पुस ११ गते शेयर दाखिला खारेजी (बुकक्लोज) गरेको थियो। यसअनुसार पुस १० गतेसम्म नेप्सेमा कारोबार भइ कायम यस फाइनान्सका शेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्...

विद्युत् कम्पनीले बैंकको ऋण तिर्न हकप्रद जारी गर्न पाउने

काठमाडौं, जेठ १२ । अब विद्युत् आयोजनाका प्रवर्द्धक कम्पनीहरूले बैंक तथा वित्तीय संस्थाको ऋण तिर्नका लागि हकप्रद (राइट) शेयर निष्कासन गर्न पाउने भएका छन् । यसअघि विद्युत् कम्पनीहरूले आयोजनामा लगानी गर्न पाउने प्रयोजनका लागि मात्र हकप्रद शेयर निष्कासन गर्न पाउँथे । अब भने बैंकको ऋण तिर्नका लागि पनि हकप्रद शेयर निष्कासन गर्न पाउने प्रस्ताव विद्युत् […]

अपि हाइड्रोपावरले हकप्रद शेयर निष्कासन गर्ने

काठमााडैं, २१ बैशाख । अपि पावर कम्पनीले हकप्रद शेयर निष्कासन गर्ने अनुमति पाएको छ । सोमबार नेपाल धितोपत्र बोर्डले कम्पनीलाई हकप्रद शेयर जारी गर्न स्विकृति दिएको हो । हकप्रद निष्कासन तथा विक्रि प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्ति गरेको छ भने बोर्डबाट अनुमति पाएसँगै कम्पनीले १ सय रुपैयाँ अंकित दरका ५६ करोड ७० लाख रुपैयाँ बराबरको ५ […]

नारायणी बैंकको हकप्रद शेयर डिम्याट खाता जम्मा

काठमाडौं, १० बैशाख । नारायणी डेभलपमेन्ट बैंकले पुस २८ गतेसम्म अभौतिकिकरण गराएका शेयरधनीकोे हितग्राही (डिम्याट) खातामा हकप्रद शेयर जम्मा गरेको छ । बैंकले सुचना जारी गर्दै शेयरधनीको खातामा शेयर जम्मा गरिदिएको जानकारी दिएको हो । बैंकले शेयर विक्रि तथा प्रबन्धकमा ग्लोबल आइएमईलाई जिम्मेवारी दिएको छ । साथै कम्पनीले शेयर अभौतिकीकरण नगरेका शेयरधनीहरुलाई रजिष्ट्रिार ग्लोबल आइएमई […]