नेकपा एमालेका नेता तथा पूर्व मुख्यमन्त्री भीमप्रसाद आचार्यको वडामा नेकपा (एकीकृत समाजवादी)ले कमिटी गठन गरेको छ ।
सुनसरीको इनरुवा नगरपालिका-६ मा नेकपा (एस)ले वडा कमिटी गठन गरेको हो । उक्त वडामा आचार्यको घर पर्छ ।
दुर्गानारायण चौधरी(लालु)को अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटी गठन गरिएको हो ।
सो कमिटीको उपाध्यक्ष यशोदा फुयाँल, सचिव कुलबहादुर (अभि) निरौला, सहसचिवहरू यमबहादुर बस्नेत र पर्शुराम कटुवाललाई छन् ।
शनिवार गठन भएको सहित इनरुवामा ६ वटा वडामा कमिटी गठन गरी सकिएको नगर कमिटीका अध्यक्ष सुवास...