गठबन्धन बैठक : सिट बाँडफाँटबारे सामान्य छलफल, अर्को बैठक ४ बजे

कार्यदल सदस्यसहित सत्ता गठबन्धनका शीर्ष नेताबीचको बैठक सकिएको छ । करिव २ घण्टा बसेको बैठकमा सिट बाँडफाँडबारे सामान्य छलफल भएको नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले जानकारी दिए । ‘अहिले बाँडफाँडबारे सामान्य छलफल मात्रै भएको छ । आजै बेलुका चार बजे पुनः बैठक बसेर ठोस छलफल गर्ने सहमति भएको छ’, नेता खनालले रातोपाटीलाई बताए । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा गठबन्धनका शीर्ष नेतासहित कार्यदलका सदस्यहरु समेत सहभागी थिए । निर्वाचन आयोगमा समानुपातिक