स्वास्थ्यकर्मीलाई कुटपिट गर्ने प्रहरी हवल्दारलाई कारबाहीको माग

मुगुका स्वास्थ्यकर्मीहरूले जिल्ला अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई कुटपिट गर्ने प्रहरी हवल्दारलाई कारबाहीको माग गरेका छन् । राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ जिल्ला कार्यसमिति मुगु र जिल्ला स्वास्थ्य सेवा कार्यालय मुगुले प्रेस विज्ञप्ति जारी गर्दै स्वास्थ्यकर्मी प्रकाश भण्डारीमाथि कुटपिटको घटनाको विरोध गरेका हुन् ।