वीरगंजः डेढ क्विन्टल गाँजासहित बारा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। प्रहरी चौकी मटिअर्वा बाराबाट खटिएको टोलीले कलैया उपमहानगरपालिका १० निलकण्ठ टोलस्थित नेपाल-भारत सिमाना नजिकबाट गाँजासहित उनीहरुलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा भारत बिहार राज्य मोतिहारी जिल्ला थाना संग्रामपुर ग्राम पञ्चायतका अजित पासवान र सोही स्थानका रामदर्शन महतो रहेका छन्।…