तमोर नदीले बगाउँदा ताप्लेजुङमा एकजनाको मृत्यु

ताप्लेजुङ : पौडी खेल्ने क्रममा तमोर नदीले बगाउँदा ताप्लेजुङमा एक किशोरको मृत्यु भएको छ। फुङलिङ नगरपालिका–३ सिटेनीका १७ वर्षीय रोशन न्यौपानेको शुक्रवार दिउँसो मृत्यु भएको हो। बाख्रा चराउन गएका उनलाई पौडी खेल्ने क्रममा तमोर नदीले बगाएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख डिएसपी महेन्द्र श्रेष्ठले जानकारी दिए। ...