न्यादी हाइड्रोपावरको आईपीओमा पहिलो दिनमै पर्‍यो ५० लाख ७१ हजार कित्ताका लागि आवेदन

असोज १५, काठमाडौं । न्यादी हाइड्रोपावर कम्पनीको आईपीओमा पहिलो दिनमै ५० लाख ७१ हजार ४० कित्ता लागि आवेदन परेको छ । विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडका अनुसार शुक्रवार ३:४५ बजेसम्ममा ३ लाख ९० हजार ३७५ जना आवेदकबाट ५० लाख ७१ हजार ६४० कित्ताका लागि आवेदन परेको हो । यो आवेदन सर्वसाधारणको लागि माग गरिएको भन्दा २ दशमलव ४२ गुण बढी हो । कम्पनीले आज अर्थात् शुक्रवारबाट २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गरेको हो । कुल कित्तामध्ये १ लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोषको लागि छुट्याएको छ भने ४५ हजार कित्ता कर्मचारीको लागि र बाँकी रहेको २० लाख ९२ हजार ५०० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले उक्त आईपीओमा असोज १९ गतेसम्म आवेदन दिन सक्नेछन् । न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ता सम्मका लागि आवेदन दिन सकिने व्यवथा रहेको छ । विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । साथै लगानीकर्ताले सि आस्बा सेवा प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो शेयर मार्फत आईपीओमा आवेदन गर्न सक्नेछन् । कम्पनीले निष्कासन गरेको आईपीओलाई केयर रेटिङ नेपालले केयर एनपी आइआर डबल बी रेटिङ प्रदान गरेको छ । उक्त रेटिङले कम्पनीले दायित्व पूरा गर्ने सक्ने सम्बन्धमा मध्यम रहेको देखाउँछ ।