गुल्मीको रुरुक्षेत्रमा भुस्याहा कुकुरको बन्ध्याकरण अभियान

गुल्मी : भुस्याहा (सामुदायिक) कुकुरका कारण समस्या बढेपछि जिल्लाको रुरुक्षेत्र गाउँपालिकामा बन्ध्याकरण अभियान सुरु गरिएको छ।रुरुक्षेत्र गाउँपालिकाले सामुदायिक कुकुर व्यवस्थापन गर्ने उद्देश्यले बन्ध्याकरणमार्फत नियन्त्रण गर्ने अभियान थालेको रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले जानकारी दिए।विशेषगरी रातिको समयमा झम्टिने कारण यात्रा गर्न पनि असहज हुने र दुर्घटना समेत निम्त्याउने भएकाले  कुुकुरको स्थायी बन्ध्याकरण थालेको ज्ञवालीले बताए।समूहमा अत्यधिक धेरै हुने, कृषकका घर&