जनकपुरधाम । जनकपुर साहित्य महोत्सवको तेस्रो संस्करण आजदेखि सुरु भएको छ । बिहीबार जानकी मन्दिरको प्राङ्गणमा दिउँसोदेखि तीन दिवसीय महोत्सव सुरु भएको हो ।
नव मिथिला फाउडेसनको आयोजनामा भइरहेको महोत्सवमा पहिलो दिन चारवटा सत्र गरिएको छ । उद्घाटनसत्रपछि ‘माई जनकपुरधाम’ विषयमा उत्कृष्ट पाँच विद्यार्थीबीच वक्तृत्वकला प्रतियोगिता भएको छ । दोस्रो सत्रमा...