टर्की : राष्ट्रपति एर्दोआनका विषयमा अनावश्यक हल्ला चलाउने ३० जनालाई प्रहरीले खोजी गर्दै

टर्कीका राष्ट्रपति रेचेप तैयिप एर्दोआनलाई इटलीको रोममा सम्पन्न जी२० शिखर सम्मेलनमा हिँड्न अप्ठ्यारो परेको देखिएपछि स्वास्थ्यका विषयमा विभिन्न अनुमान गरिएको छ ।  उनी हिँड्ने क्रममा लर्बराएका थिए अनि कोप२६ सम्मेलनमा सहभागी भएनन् ।  अझ उनको मृत्यु भइसकेको हल्ला समेत चलेको थियो ।  तीसजनालाई एर्दोआनका विषयमा गलत सूचना फैलाएको आरोपमा अनुसन्धान चलिरहेको छ । ह्याशट्याग ओल्मस जसलाई मृत्यु भएको भनी हल्ला गरिएको भनी अनुवाद गर्न मिल्छ, त्यो ह्याशट्याग राखेर ट्वीट लेखिएको थियो । तर राष्ट्रपतिका साझेदारहरूले उनको स्...