सर्वोच्चमा संकट चुलिँदै : पेशी तोकिए पनि बेञ्च बस्न सकेन

आज पनि सर्वोच्च प्रशासनले २७८ वटा पेशी तोकेको छ । तर सुनुवाई भने हुन सकेको छैन । उता, प्रधानन्यायाधीश राणा विरुद्ध उभिएका सर्वोच्चका न्यायाधीशहरूले आज पनि राणासंग छलफल गर्ने भएका छन् ।

सम्बन्धित सामग्री

कामु प्रधानन्यायाधीश नतोकी बेञ्च नबस्न बारको आग्रह, न्यायाधीशहरू छलफलमा

नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनले कायममुकायम प्रधानन्यायाधीश नतोकिएको कारण देखाउँदै बेञ्च नबस्न न्यायाधीशहरूलाई आग्रह गरेका छन् । दुवै बारका पदाधिकारीले बुधवार न्यायाधीशहरूलाई भेटेर कायममुकायम प्रधानन्यायाधीश नतोकिई गठित इजलासमा नबस्न ध्यानाकर्षण गराएका हुन् । 'प्रधानन्यायाधीश अनुपस्थित रहेकाले कायममुकायम स्वत: तोकिनुपर्ने हो,' न्यायाधीशहरूसँगको भेटपछि सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले भने, 'न्यायालय नेतृत्वविहीन हुन सक्दैन । गोलाप्रथाबाट तोकिएको पेशी रुजु गर्नका लागि पनि वरिष्ठतम्...

जबराले आज पनि तोके सबैखाले मुद्दाको पेशी, आफ्ना लागि एकल इजलास

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बिहीवार पनि सबैखाले मुद्दाहरूको नियमित पेशी तोकेका छन् । सर्वोच्चका १८ न्यायाधीशले बन्दी प्रत्यक्षीकरणबाहेक अन्य मुद्दा हेर्न अस्वीकार गर्दै आएको अवस्थामा जबराले मंगलवार जस्तै सबैखाले मुद्दाको पेशी तोकेका हुन् । न्यायाधीशहरूले आफूसँग बेञ्च शेयर नगर्ने सन्देश पाएका जबराले आफ्ना लागि एकल इजलास गठन गरेका छन् । न्यायाधीशहरू दीपक कुमार कार्की र प्रकाशमान सिंह राउतको संयुक्त इजलास, मीरा खड्का र तेज बहादुर केसीको संयुक्त इजलास, हरिकृष्ण कार्की ,आनन्द मोहन भट्टराई र सुष्मलता माथेमाको पूर्ण इज...

सर्वोच्च अदालतमा एक महिनाभित्र गोला प्रथाबाट इजलास तोकिने

काठमाडौँ । सर्वोच्च अदालतमा महिना दिनभित्र गोलाप्रथाबाट इजलास गठन हुने र त्यसका आधारमा मुद्दाको पेशी तोकिने भएको छ । आज (सोमबार) बसेको बार–बेञ्च समन्वय समितिको बैठकमा न्यायिक नेतृत्वले हरिकृष्ण कार्की नेतृत्वको समितिले बुझाएको प्रतिवेदन कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएको हो । गोलाप्रथा शुरु गर्दा गोलाकै आधारमा इजलास चयन हुनेछ । मुद्दाहरु पनि गोलाबाट नै चयन हुने […]

कुलमानको नियुक्तिविरुद्ध परेको मुद्दा ‘बेन्च बस्न नभ्याएको’ स्थितिमा

न्यायाधीश कुमार रेग्मीको इजलासमा पेशी तोकिएको भए पनि बेन्च बस्न नभ्याएपछि बुधबार सुनुवाइ हुन सकेन । सर्वोच्च न्यायाधीश रेग्मीको इजलासमा परेका १६ वटै मुद्दाको स्थितिमा ‘बेञ्च बस्न नभ्याएको’ उल्लेख गरिएको छ ।