आर्मीको महिला भलिबल टोलीलाई पहिलो पटक उपाधि

 विभागीय टोली त्रिभुवन आर्मी क्लबले महिला भलिबलको इतिहासमै पहिलो पटक उपाधि जितेको छ । एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियन्ससिपको महिलातर्फको उपाधि आर्मीले जितेको हो ।आर्मीले फाइनलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै प्रतियोगिताको छैटौं संस्करणको उपाधि आफ्नो पक्षमा पारेको छ ।आर्मी र पुलिसको समान ९ अक भएपछि आर्मीले पुलिसभन्दा बढी सेट जितेका कारण उपाधि उचाल्न सफल भयो । आर्मी क्लबले पहिलाे पटक महिला भलिबलकाे उपाधि जितेकाे हाे । यसअ

सम्बन्धित सामग्री

केशवलाल स्मृति राष्ट्रिय महिला भलिबल उपाधि एपीएफलाई

मकवानपुर । मकवानपुरको हेटौंडामा भएको केशवलाल श्रेष्ठ स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबले जितेको छ । योसँगै एपीएफले २ लाख रुपैयाँ हात पारेको छ । सोमबार भएको फाइनल खेलमा चन्द्रागिरी नगरपालिका न्यु डाइमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपीएफले उपाधिसहित २ लाख रुपैयाँ जितेको हो । एपीएफले न्यु डाइमन्डलाई २५–१९, […] The post केशवलाल स्मृति राष्ट्रिय महिला भलिबल उपाधि एपीएफलाई appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कैलाश र रमिलासम्मिलित टोलीलाई भलिबल उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका पुर्व कप्तान कैलाश भट्ट तथा पुर्व राष्ट्रिय महिला भलिबल खेलाडी रमिला तन्डुकारसम्मिलित टोली बाना पुरुष तथा महिला भलिबल प्रतियोगिताको च्याम्पियन बनेका छन् । बाल्टिमोर एसोसियसन अफ नेप्लिज इन अमेरिका (बाना) को आयोजनामा भएको प्रतियोगितामा पुरुषतर्फको उपाधि टेक्सासमा रहेको सुदूरपश्चिम टिम तथा महिलातर्फ आयोजनक बाना च्याम्पियन बन्न […]

न्यू डायमन्डलाई महिला भलिबल उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक न्यू डायमन्ड एकेडेमीले प्रथम चन्द्रागिरी न्यू डायमन्ड महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ । परोपकार आदर्श माध्यमिक विद्यालयमाथि ३–० को सोझो सेटमा पराजित गर्दै डायमन्डले उपाधि जित्न सफल भएको हो । चन्द्रागिरी नगरपालिकास्थित न्यू डायमन्ड एकेडेमीको भलिबल कोर्टमा शनिबार भएको फाइनलमा डायमन्डले २५–१५, २५–१२ र २१ को सोझो सेटमा जित […]

पुलिसले जित्यो राष्ट्रिय महिला बिच भलिबल प्रतियोगिताको उपाधि

नेपाल पुलिस क्लबले सञ्जय स्मृति राष्ट्रिय महिला बिच भलिबल प्रतियोगिताको उपाधि जितेको छ । पाल्पाको तानसेनस्थित रानीमहलमा शनिबार लुम्बिनी प्रदेशलाई २-० को सोझो सेटमा हराउँदै पुलिस च्याम्पियन बनेकाे हाे

टिकापुरलाई एसपिए कप महिला भलिबल उपाधि

धनगढी (हाम्रा खेलकुद) – टिकापुर बहुमुखी क्याम्पसले चौथो मेयर एसपिए कप महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ । आयोजक सुदूरपश्चिमाञ्चल क्याम्पसलाई पराजित गर्दै टिकापुरले उपाधि जितेको हो । उपाधिसँगै टिकापुर बहुमुखी क्याम्पसले ५० हजार रुपैयाँ नगद पुरस्कार पाएको छ । उपविजेता सुदूरपश्चिमाञ्चल क्याम्पसले २५ हजार पाएको छ । कान्तिराज्यलक्ष्मी मावि पहलमानपुरलाई हराएर अत्तरियाको दुर्गालक्ष्मी तेस्रो […]

सेन्ट्रल जोनको उपाधि जितेको राष्ट्रिय महिला भलिबल टोलीलाई सम्मान गर्ने

काठमाडौँ । नेपाल खेलकुद महासङ्घ (नेकोस) ले बङ्गलादेशमा सम्पन्न एभिसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसीपको उपाधि विजेता नेपाली राष्ट्रिय महिला भलिबल टोलीलाई नगदसहित सम्मान गर्ने भएको छ । अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी भई पदक प्राप्त गर्ने खेलाडी तथा टोलीलाई प्रोत्साहन गर्ने नीतिअनुरूप नेकोसले महिला भलिबल टोलीलाई आगामी फागुन ७ नगदसहित सम्मान गर्ने आज सम्पन्न नेकोसको सातौँ […]

उपाधि विजेता महिला भलिबल टोली स्वदेश फिर्ता

बंगलादेशमा सम्पन्न एशियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्याम्पियनसिपको उपाधि विजेता नेपाली महिला टोली बिहीबार स्वदेश फर्किएको छ । नेपाली टोलीलाई युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज, नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन रमन शर्मालगायतले स्वागत गरे । विमानस्थलमा टोलीलाई बाजा बजाएर स्वागत गरिएको थियो ।गत मंगलबार सम्पन्न फाइनल खेलमा नेपालले उज्वेकिस्तानलाई पराजित गर्दै स्वर्णपदक […]

उपाधि विजेता महिला भलिबल टोली स्वदेश फर्कियाे

काठमाण्डाै – बङ्गलादेशमा सम्पन्न एसियन सिनियर सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनशिपको उपाधि विजेता नेपाली महिला टोली आज बिहीवार स्वदेश फर्किएकाे छ । नेपाली टोलीलाई युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराज, नेपाल भलिबल सङ्घका अध्यक्ष मनोरञ्जन रमन शर्मालगायतले नेपाली टोलीलाई स्वागत गर्नुभयो । त्रिभुवन विमानस्थलमा टोलीलाई बाजा बजाएर स्वागत गरिएको थियो । गएकाे मङ्गलवार सम्पन्न फाइनल खेलमा नेपालले उज्वेकिस्तानलाई पराजित गर्दै विजेता बनेकाे थियो । बङ्गलादेशको मिरपुरमा रहेकाे शाहिद शुरवार्दी इन्डोर हलमा भएको खेलमा नेपालल...

राष्ट्रिय महिला भलिबल टोलीलाई उपराष्ट्रपति पुनको बधाई

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले एसियन भलिबल कन्फेडेरेसन (एभिसी), सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसीपको फाइनलमा उज्वेकिस्तानलाई पराजित गर्दै कीर्तिमान गरेकामा राष्ट्रिय महिला भलिबल टोलीलाई बधाई दिएका छन्। सोमबार बङ्गलादेशको ढाकामा सम्पन्न सिनियर महिला भलिबल च्याम्पियनसीपमा नेपालले उज्वेकिस्तानलाई पराजित गरेको थियो । आज एक वक्तव्य जारी गर्दै उपराष्ट्रपतिले च्याम्पियनसीपको उपाधि हासिल गरेर महिला टोलीले कीर्तिमान […]

कुँवरवर्तीलाई महिला भलिबल उपाधि

कपिलवस्तु (हाम्रो खेलकुद) – कुँवरवर्ती इंग्लिस बोर्डिङ स्कुल मणिग्रामले तेस्रो उपमेयर कप रनिङ शिल्ड खुल्ला महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ । कुँवरवर्ती स्कुलको कोर्टमा आइतबार भएको फाइनलमा कुँवरवर्तीले एभरेस्ट मावि बुटवललाई ३-० का सोझो सेटमा पराजित गर्दै लगातार तेस्रो सिजन उपाधि जित्दै रनिङ शिल्ड क्लिनसवीप गरेको छ । सुरुवाती दुई संस्करणमा पनि कुँवरवर्ती नै […]