कैलालीमा पसलेको हत्या गरेको आरोपमा प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दैलेखको गुराँस गाउँपालिकाक–३ का १८ वर्षीय जीवन ठकुरी शाही रहेका छन् ।
कैलालीको घोडाघोडी नगरपालिका घर भई मोहन्याल गाउँपालिका–सिम्ली खोलामा पसल सञ्चालन गर्दै आएका ५५ वर्षीय पदम आचार्यको शाहीले रड प्रहार गरी हत्या गरेको आरोप छ । मोहन्याल गाउँपालिका–४ स्थित महरा निर्माण सेवाको टिप्परमा सहजकर्ताको काम गर्दै आएका शाहीले मृतक आचार्यको पसलमा खाना खाने गरेका थिए । तिहारका बेला उनी उक्त निर्माण सेवाको रेखदेखमा खटिएका ...