निषेधाज्ञाको सहारा

व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वको राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियानले गर्ने प्रदर्शन र प्रमुख प्रतिपक्षी नेकपा एमालेको भ्रातृ संगठन युवा संघले गर्ने प्रदर्शन मिति र स्थान जुधेपछि शान्ति सुरक्षा कायम गर्न सरकारले माइतीघरलगायत क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । त्यस्तै ललितपुरका केही क्षेत्रमा पनि निषेधाज्ञा जारी गरिएको छ । दुई पक्षले एकअर्काप्रति आरोप प्रत्यारोप लगाउँदै शक्ति प्रदर्शन गर्न लागेपछि सरकारले अप्रियस्थिति आउन नदिन निषेधाज्ञा जारी गरेको देखिन्छ । शान्ति सुरक्षाका लागि सरकारले आफ्ना सबै संयन्त्रलाई परिचालन गर्छ नै तर यो प्रदर्शन र विरोधभित्रको अर्थराजनीति के हो भन्ने स्पष्ट छैन ।  यतिखेर नेपालको शासकीय स्वरूप संघीय लोकतान्त्रिक गणतन्त्र छ, यो भनेको जनता सर्वेसर्वा छन् र असन्तुष्टि पोख्न पाउँछन् भन्ने हो । स्थानीय प्रशासनले अप्रिय घटना हुन नदिन आफ्नो तहबाट गर्ने भनेको निषेधाज्ञा वा यस्तै बलप्रयोगका काम हुन् । तर, सत्तामा रहँदै आएका राजनीतिक दलहरूले भने ठन्डा दिमागले सोच्ने बेला आएको छ, किन गणतान्त्रिक शासन व्यवस्थामा सर्वसाधारणले व्यक्त गर्ने असन्तुष्टिमा लामो समय निषेधाज्ञा लगाउनुपर्ने अवस्था आयो भनेर । सरकारप्रति जनता सन्तुष्ट हुन सके विभिन्न व्यक्तिले दिने प्रलोभनमा जनता पर्ने सम्भावना हुँदैन । त्यसैले जनतामाथि बलपूर्वक शासन गर्न सकिन्छ भन्ने सोच राख्नुभन्दा पनि जनता खुशी हुने गरी कसरी काम गर्न सकिन्छ भन्नेतर्फ ध्यान जान जरुरी छ । यसरी लामो समय निषेधाज्ञा लगाउँदा सरकारकै कमजोरी देखिन्छ । किनकि यसअघि नै सर्वोच्च अदालतले कुनै पनि स्थानमा २ महीनाभन्दा बढी निषेधाज्ञा लगाउन नपाइने फैसला गरिसकेको छ । ललितपुर प्रशासनले ६ महीनाका लागि निषेधाज्ञा लगाउनु भनेको कानूनलाई चुनौती दिनु हो । त्यसैले सरकारमा बस्नेहरू जनताप्रति उत्तरदायी नहुने हो भने विरोधका स्वर निरन्तर आइरहन्छन्, जसले द्वन्द्व निम्त्याइरहन्छ ।  शक्ति प्रदर्शन गर्ने भनिएका समूहले आरोपप्रत्यारोप गरिरहेको देख्दा यसमा कुनै अर्कै रहस्यले काम गरेको छ भन्ने देखिन्छ । दुवै पक्षले कुनै सैद्धान्तिक वा वैचारिक कुरालाई लिएर आरोपप्रत्यारोप गरेको पाइँदैन । लोकतन्त्रमा निश्चय नै विरोध प्रदर्शन गर्ने र आफ्नो विचार राख्ने स्वतन्त्रता हुन्छ । गणतन्त्रकै विरोध गर्न पनि पाइन्छ, राजतन्त्रको पक्षमा वकालत गर्न पनि पाइन्छ । त्यसो गर्नेलाई थुन्ने, रोक्ने काम लोकतन्त्रमा हुनु हुँदैन । सरकारले यही उद्देश्यले निषेधाज्ञा जारी गरेको देखिँदैन । तर, प्रसाईं समूहको प्रदर्शनबाट सरकार डराएको देखिन्छ । प्रधानमन्त्री पुष्पकमल दाहालले गणतन्त्रविरुद्ध ठूलै खेल भइरहेको भनी दिएको अभिव्यक्ति र सुरक्षा संयन्त्रसँग गरेको छलफलले सरकार केही न केही त्रस्त रहेको देखाउँछ । सामाजिक सञ्जालमा राम्रो उपस्थिति देखिएको तर सडक प्रदर्शनमा नआएको यो समूह र युवा संघबीच सम्भावित झडपलाई लिएर सुरक्षा संयन्त्रको तयारी हेर्दा सरकार आत्तिएको भान हुन्छ ।  प्रसाईंले बैंक तथा वित्तीय संस्थाका कर्जा ग्राहकलाई भड्काउने काम गरेकाले वित्तीय अराजकता बढाउने माध्यम बन्ने हुन् कि भन्ने चिन्ता अर्थतन्त्रका सरोकारवालाहरूलाई छ । उनले ऋण मिनाहाको जुन नारा दिएका छन् त्यो गलत छ । बैंकको पैसा भनेको जनताको पैसा हो । त्यो पैसा मिनाहा गर्न सरकारले बैंकहरूलाई शोधभर्ना दिनुपर्छ । अन्यथा वित्तीय संंकट निम्तिने निश्चित छ । निजीक्षेत्रले ब्याजदर चर्को भएको आवाज उठाउँदै गर्दा त्यो मागलाई समेत सम्बोधन गर्ने गरी केही कार्यक्रम ल्याउने सरकारको तयारी भएको भनाइ पनि आएको छ । सरकारको यो कदम प्रसाईंको अभियानको उपलब्धिमा रूपमा स्थापित हुन पुग्यो भने त्यसले झनै समस्या बढाउन सक्छ । यसतर्फ सरकारको ध्यान जानु जरुरी छ ।  युवा संघ संगठित राजनीतिक शक्ति हो र प्रमुख प्रतिपक्ष नेकपा एमालेको भ्रातृ संगठन पनि हो । त्यसैले यो संगठन जिम्मेवार र गम्भीर बन्नु जरुरी छ । पार्टीले पनि संयमितता अपनाउन आग्रह गर्नुपर्ने हो तर पार्टी अध्यक्ष केपी शर्मा ओलीले घुमाउरो पाराले संघको विरोधलाई समर्थन गरेको देखिन्छ । यसले अवाञ्छित मुडभेड ननिम्त्याउला भन्न सकिँदैन । त्यसैले सबैले संयमित भएर मुलुकको अर्थतन्त्रमा समस्या नपर्ने गरी प्रदर्शन र विरोध गर्न सक्छन् । माओवादी द्वन्द्वले अर्थतन्त्र बिग्रिएको र त्यो अझै सम्हालिन नसकेको तथ्यलाई प्रदर्शनको तयारीमा रहेका समूह र तिनको नेतृत्वले बिर्सनु हुँदैन । 

सम्बन्धित सामग्री

सहारा एकेडेमीलाई साफको सहयोग

२७ फागुन, काठमाडौं । विकास कार्यक्रमअन्तर्गत दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले सहारा फुटबल एकेडेमीलाई ४० थान केल्मी फुटबल सहयोग गरेको छ । आइतबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा साफ प्रतिनिधिले साफ यू-१६ महिला फुटबलको फाइनल समारोहबीच सहारा प्रतिनिधिलाई फुटबल बल हस्तान्तरण गरेका हुन् । साफका महासचिव अन्वारुल हकले सहाराका अध्यक्ष केशवराज बराल तथा संस्थापन सदस्य शान्ती केसीलाई बल […]

सहारा क्लब पोखराको संयुक्त बैठक बस्यो

पोखरा (हाम्रो खेलकुद) – सहारा क्लब पोखराको बिहीबार संयुक्त बैठक सम्पन्न भएको छ । पोखरा रंगशालामा जारी २३ औं आहा रारा पोखरा गोल्डकप अवसरमा पोखरा आएका सहारा युके, सहारा हङकङका अध्यक्षहरु, पदाधिकारीहरु लगायत सदस्यको स्वागत गर्दै बिहीबार संयुक्त बैठक बसेको हो । स्व. सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा भएको बैठकमा संस्थाको गतिविध एवं भावी […] The post सहारा क्लब पोखराको संयुक्त बैठक बस्यो first appeared on हाम्रो खेलकुद.

सहारा फुटबल एकेडेमी अक्षयकोषमा तीन करोड

पोखरा– सहारा फुटबल एकेडेमी अक्षयकोषमा २ करोड ८५ लाख रुपैयाँ संकलन भएको छ । पोखराको सहारा क्लबले सञ्चालन गरेको कठिन परिस्थिति एवं विपन्न वर्गका बालकहरुको सहारा फुटबल एकेडेमीलाई दीर्घकालीन समयसम्म निरन्तर सञ्चालनका लागि क्लवले स्थापना गरेको उक्त अक्षयकोषमा हालसम्म २ करोड ८५ लाख ९४ हजार रुपैया आर्थिक संकलन भएको महासचिव रामजीप्रसाद अधिकारीले बताए । यस […]

विपन्नकाे सहारा कमलाको धार

धनुषा र सिरहाको बीचमा पर्ने कमला नदीको बगर पछिल्लो समय आर्थिक अवस्था कमजोर रहेका विपन्न वर्गका स्थानीय किसानका लागि गुजारा चलाउने सहारा बनेको छ ।

सहारा हाफ म्याराथन हुने

हिमाल खरेल, बिर्तामोड झापाको चारपानेमा चैत २१ गते हुने सहारा हाफ म्याराथनमा कीर्तिमानी धावक बैकुण्ठ मानन्धर र भेट्रान्स धावक बुद्धवीर लामा आउने भएका छन् । आयोजक सहारा नेपाल साकोस अतिरिक्त क्रियाकलाप उपसमिति संयोजक एवम् झापा जिल्ला खेलकुद विकास समिति अध्यक्ष प्रशान्त भण्डारीका अनुसार खेलाडीहरुको हौसला बढाउन ७१ वर्षीय मानन्धर र ६४ वर्षीय लामा आउने भएका […]

असहायको सहारा बनेको पोखरा वृद्धाश्रम

समाजका असहाय, विपन्न तथा अपहेलित ज्येष्ठ नागरिकका लागि पोखरा वृद्धाश्रम बुढेसकालको सहारा बनेको छ।...

सहारा एकेडेमीलाई एनआरएनएको सहयोग

पोखरा (हाम्रो खेलकुद)–सहारा क्लब पोखराद्वारा संचालित सूर्यबहादुर केसी स्मृति सहारा एकेडेमीलाई गैर आवासिय नेपाली संघ (एनआरएनए) ले १ लाख रुपैयाँ बराबरको स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरिएको छ । पोखरा–१७, दोबिल्लास्थित एकेडेमीमा एनआरएनए अध्यक्ष रविना थापा, सचिव टीका गुरुङ, सहकोषाध्यक्ष अमृता थापा र पूर्व कोषाध्यक्ष प्रकाश पुनले ९ हजार थान मास्क र ५० थान कोभिड किट्स […]

सहारा मरुभूमिमा हिमपात

७ माघ, काठमाडौं । सहारा मरुभूमिमा हिमपात भएको छ । नाइजेरियाको उत्तरपश्चिम क्षेत्रमा पर्ने सहारा मरुभूमिमा हल्का हिमपात भएको बीबीसीले जनाएको छ । यहाँ सबैभन्दा पहिले सन् १९७९ मा पहिलो पटक हिमपात भएको थियो । त्यतिबेला आश्चर्यजनक मानिएको थियो । तर त्यसयता सन् २०२१, २०१८ र २०१७ मा पनि यहाँ हिमपात भएको थियो । त्यसैले […]

सहारा एकेडेमी सञ्चालन गर्न केसी परिवारले वार्षिक १५ लाख दिने

सहारा क्लब पोखराको स्वामित्वमा रहेको सहारा एकेडेमी अब ‘सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमी’का नाममा सञ्चालन हुने भएको छ । एकेडेमीको नाम परिवर्तनसँगै बुधबार दुईपक्षीय सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौताअनुसार...

सहारा युकेका महासचिव थकालीको निधन

काठमाडौं (हाम्रो खेलकुद) – सहारा क्लव युकेका महासचिव तथा सामाजिक व्यक्तित्व धनु पुरन थकालीको निधन भएको छ । केहि महिनादेखि अस्वस्थ थकालीको ५१ वर्षको उमेरमा बेलायतस्थित अल्डरसटको आफ्नै निवासमा निधन भएको हो । सहारा क्लब पोखराले क्लबका अध्यक्ष हरिराम गुरुङ (सुरज) को हस्ताक्षरमा एक विज्ञप्ति जारी गर्दै धनु पुरन थकालीको निधनले सिंगो सहारा क्लब नै […]