सत्ता गठबन्धनलाई हराउँदै कांग्रेसका बागी शाही निर्वाचित

जिल्ला समन्वय समिति दैलेखका प्रमुखमा सत्ता गठबन्धनलाई हराउँदै नेपाली कांग्रेसका बागी स्वतन्त्र उम्मेदवार नमराज शाही विजयी हुनुभएको छ । शाही सत्ता गठबन्धनका उम्मेदवारलाई हराउँदै १३ मत प्राप्त गरेर विजयी हुनुभयो । सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)को तर्फबाट प्रमुखको उम्मेदवार नेपाली कांग्रेसकी दुर्गाकुमारी श्रेष्ठले नौ मत प्राप्त गर्नुभयो । …