रामपुर (पाल्पा), ११ असोज । सेतै फुलेका कपालमाथि ढाकाटोपी, चिटिक्क परेको सानो घरको पिँढीमा बसेर मादलमा खरी भर्नमै ध्यान तानिएको छ रामबहादुर वादीको । उनी आफ्नै सुरमा बिहान उज्यालो भएदेखि साँझसम्म मादल बनाउनमा व्यस्त छन् । पाल्पाको रामपुर नगरपालिका– ८ स्थित कटहरटार बस्ने रामबहादुर उमेरले ५९ वर्षमा लागे, मादल बनाउने मोह उनको जवानी अवस्थाकै छ […]