वेल्स विश्वकपबाट बाहिरिने नजिक

६४ वर्षपछि विश्वकपमा छनोट भएको वेल्सको यात्रा समूह चरणमा नै टुंगिने खतरा बढेको छ । समूह बीको दोस्रो खेलमा इरानसँग २–० गोलले पराजित भएसँगै वेल्स प्रतियोगिताबाट बाहिरिने नजिक पुगेको हो ।गोलरहित बराबरी तर्फ अघि बढेको खेलको ८६ औँ मिनेटमा वेल्सका गोलकिपर वेयन हेनसीले रातोकार्ड पाएपछि इरानले त्यसको भरपुर फाइदा उठाएको थियो । खेलको इन्जुरी समयको अन्त्यमा रुजबेह चेस्मी र रामिन रिजाइनले गोल गर्दै इतिहासमा पहिलो पटक प्रतियोगिताको नकआउट चरणमा पुग्ने वेल्सको सपनामा ठूलो धक्का दिए ।दुई खेलपछि वेल्स एक अ