डडेल्धुरामा ‘नेपाल मास्क’ अभियान सुरु

डडेल्धुराः डडेल्धुरामा कोरोना संक्रमण नियन्त्रण गर्न ‘नेपाल मास्क’ अभियान शनिबारदेखि सुरु भएको छ। मास्क लगाउने उपाय र मास्कको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले थालिएको अभियान अन्तर्गत मास्क वितरण गरिएको छ।अभियानको जिल्ला सदरमुकाम बागबजारमा शनिबार औपचारिक उद्घाटन गरी सुरुवात गरिएको छ। अभियानमा दैनिकरूपमा जनचेतनामूलक सामग्रीहरुको उत्पादन, प्रसारण जनचेतनामूलक विभिन्न कार्यक्रम गरी साताव्यापी रुपमा मनाइने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।अभियान २९ गतेसम्म सञ्चालन हुनेछ। स्वास्थ्य