काठमाडौं : पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण आज देशका विभिन्न भेगमा वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।मंगलबा बिहानदेखि नै सुदूरपश्चिमका पहाडी भेगमा वर्षा र हिमाली भेगमा हिमपात भइरहेको मौसमविद बरुण पौडेलले जानकारी दिए। पश्चिमी वायु विस्तारै सुदूरपश्चिमबाट कर्णाली हुँदै पूर्वतर्फ सर्ने क्रममा रहेको पौडेलले बताए।मंगलबारदेखि देशभर नै हल्कादेखि मध्यम वर्षा र हिमाली भेगमा हिमपात हुने मौसमविद पौडेले जानकारी दिए। आज देशभरको मौसम सामान्यदेखि पूर्णतया बदली रही हल