भन्सार छलीका सामानसहित एक जना पक्राउ

कञ्चनपुर– कञ्चनपुरमा भन्सार छलीका सामानसहित एक जना पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका–४ बाट भन्सार छली ७२ हजार एक सय २० मूल्य बराबरका ताला चाबी, एक थान मोटरसाइकलसहित एक जना पक्राउ परेका छन्। बरामद गरेको सामानसहित पक्राउ परेका मानिसलाई कारबाहीका लागि भन्सार कार्यालय गड्डाचौकी पठाइएको प्रहरीले जनाएको छ।

सम्बन्धित सामग्री

नगदसहित एक जना पक्राउ

जनकपुरधाम – धनुषामा ३८ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन्। नगराइन नगरपालिका– २ बाट स्रोत नखुलेको ३८ लाख ३५ हजार रुपैयाँसहित बिहीबार एक जना पक्राउ परेका हुन्। भारतबाट नेपालतर्फ लुकाई छिपाई ल्याउँदै गर्दा लक्ष्मीनिया गाउँपालिका–१ सिनुरजोडका २३ वर्षीय अमितकुमार यादव पक्राउ परेको सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक नरेन्द्र सेनले बताए।