धुलिखेल–खावा सडक : समयावधि ५ दिन, काम २० प्रतिशतमात्र

काभ्रेपलाञ्चोक : अरनिको राजमार्गअन्तर्गतको धुलिखेल–खावा सडकखण्ड विस्तारको कामको समयसीमा ५ दिन बाँकी रहेको छ। उक्त सडक स्तरोन्नतिसहित विस्तारका लागि सडक डिभिजन कार्यालय भक्तपुर र निर्माण कम्पनीबीच २२ महिना अर्थात् यही चैत १९ गते सम्पन्न गर्ने गरी २०७९ जेठ २० गते निर्माण कम्पनीसँग सम्झौता गरिएको थियो।आयोजनाको समय सीमा ५ दिन बाँकी रहँदा एक तिहाइ काम पनि नभएको कार्यालयले जनाएको छ। करिब २२ महिनामा सडक फराकिलो बनाउने मात्रै अर्थात् आयोजनाको २० प्रतिशत मात्रै काम भएको जनाउँदै कार्यालयले समय