नेपाली कांग्रेसले लुम्बिनी प्रदेश मुकाम बुटवलमा पार्टीको प्रदेश कार्यालय स्थापना गरेको छ ।
पार्टीको प्रदेश कार्यसमिति चयनसँगै कार्यालय स्थापना गरेको हो ।
रूपन्देहीको बुटवल उपमहानगरपालिका–१४ नयाँगाउँमा प्रदेश सभापति अमरसिंह पुनले कार्यालय शुरू गरे ।
तर कार्यालयको औपचारिक शुभारम्भ पार्टीका केन्द्रीय नेताहरूको उपस्थितिमा गरिने प्रदेश सभापति पुनले बताए । २१ वटा कोठा र मिटिङ हल सहितको घरबाट अब पार्टीको प्रदेश गतिविधि अघि बढ्ने प्रदेश कार्यसमितिका सदस्य प्रकाश रानाले बताए ।
अब दैनिक रूपमा प्रदेश कार्यालय ...