काठमाडौं । नेपाली कांग्रेसका नेता अमरसिंह पुनले महामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका छन्। पुन हाल लुम्बिनी प्रदेश कांग्रेस सभापति हुन्। १५औँ महाधिवेशनअन्तर्गत राजधानीको राष्ट्रिय सभागृहस्थित मनोनयन दर्ता स्थलमा पुगेर उनले खुला समूहबाट महामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका हुन्।
काठमाडौँ– नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले १५औँ महाधिवेशनमा खुला उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका छन्। रिजालले मंगलबार पार्टीको केन्द्रीय निर्वाचन समितिसमक्ष खुला उपसभापतिमा उम्मेदवारी दर्ता गराएका हुन्। कांग्रेसमा बौद्धिक नेताका रूपमा चिनिने रिजाल पूर्वसभापति शेरबहादुर देउवा नेतृत्वको कार्यकालमा पार्टीभित्र अपेक्षाकृत छायामा परेका थिए। १४औँ महाधिवेशनमा उनले महामन्त्री पदमा उम्मेदवारी दिए पनि पराजित भएका थिए। […]
RajdhaniDaily.com | काठमाडौं । १० भदौमा आएको विनाशकारी रसुवा बाढीका कारण उद्योग तथा सेवा क्षेत्रमा परेको अवरोधले नेपालको आर्थिक वृद्धिदर आर्थिक वर्ष २०८३/८४ मा सुस्त भई तीन -
काठमाडौं । नेपाली कांग्रेसका नेता जीवन परियारले उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका छन्। उनले मंगलबार समावेशी समूहबाट उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका हुन्। १५औँ महाधिवेशनअन्तर्गत राजधानीको राष्ट्रिय सभागृहस्थित मनोनयन दर्ता स्थलमा पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन् ।