माण्डु हाइड्रोपावरले प्रस्ताव गर्‍यो १० प्रतिशत नगद लाभांश

काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्ष (आव) ०७९/८० को मुनाफाबाट कुल १० प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजी १ अर्ब ३६ करोड ३६ लाख ३७ हजारको आधारमा करसमेत १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कात्तिक १६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले प्रस्तावित लाभांश पारितका लागि मंसिर १५ गते १२औं वार्षिक साधारण सभा गर्ने निर्णय गरेको छ । सभा छाँया सेन्टर, ठमेल, काठमाडौंमा उक्त दिन बिहान १० बजे कम्पनीले सभा बोलाएको हो । सभाले लाभांशसहित गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणलाई समेत स्वीकृति प्रदान गर्नेछ । साथै सर्वसाधारण शेयरधनीहरूको तर्फबाट एक जना सञ्चालक निर्वाचन र संस्थापकतर्फको सञ्चालक नियुक्तिको विषयलाई समेत सभाले अनुमोदन गर्नेछ । उक्त साधारण सभा प्रयोजनका लागि कम्पनीले मंसिर ४ गते बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा मंसिर ३ गतेसम्म कायम शेयरधनीहरूले मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन सक्नेछन् । 

सम्बन्धित सामग्री

प्रिमियर इन्स्योरेन्स कम्पनीको लाभांश परिमार्जन

११ पुस, काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीले लाभांश परिमार्जन गरेको छ । २९ कात्तिकमा बसेको सञ्चालक समितिको बैंठकले पाँच प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेकोमा नेपाल बीमा प्राधिकरणले लाभांशमा लाग्ने कर प्रयोजनको लागि मात्रै नगद लाभांश वितरण गर्नुपर्ने सर्त राखेकोले लाभांश परिमार्जन भएको कम्पनीले जनाएको छ । कम्पनीले प्रस्तावित […]

रुरु जलविद्युतले १०.५ प्रतिशत लाभांश दिने, बोनस सेयर कति ?

रुरु जलविद्युत आयोजनाले सेयरधनीलाई १०.५२ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । यसमध्ये १० प्रतिशत बोनस सेयर बाँकी ०.५२ प्रतिशत नगद लाभांश छ । नगद लाभांश कर प्रयोजनको लागि हो ।गत शुक्रबार बसेको कम्पनीको संचालक समिति बैठकले यस्तो निर्णय गरेको हो । संचालक समितिले गरेको निर्णय नियामक निकायबाट स्वीकृत भएर वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयन हुनेछ ।कम्पनीले आफ्नो १७ औं वार्षिक साधारणसभा पनि बोलाएको छ । आगामी कात्तिक ४ गते वार्षिक साधारणसभा गर्ने निर्णय कम्पनीको संचालक समितिले गरेको हो । वार्षिक

बुटवल पावर कम्पनीको नगद लाभांश सेयरधनीको खातामा जम्मा, नपाएकाहरुले के गर्ने ?

काठमाडौं, १० फागुन । बुटवल पावर कम्पनीले १० प्रतिशत नगद लाभांश सेयरधनीको बैंक खातामा पठाएको बताएको छ । कम्पनीले माघ २७ गतेदेखिनै नगद लाभांश खातामा पठाउन सुरु गरेको थियो । बुटवल पावर कम्पनीको गत पुस २६ गते साधारण सभा सम्पन्न भएको थियो । तर, अहिलेसम्म डिम्याट खाता नखोलेका र बैंक खाता अद्यावधिक नगराएका सेयरधनीले खाता […]

बुटवल पावरको लाभांश पारित, चुक्ता पुँजी ३ अर्ब नाघ्यो

२७ पुस, काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेडले घोषणा गरेको २० प्रतिशत लाभांश पारित भएको छ । सोमबार बसेको कम्पनीको २९औं वार्षिक साधारण सभाले शेयरधनीहरुका लागि १० प्रतिशत नगद लाभांश तथा १० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो । सभाले सञ्चालक समितिको प्रतिवेदन, गत आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन सहितको वित्तिय विवरणहरु, लेखापरीक्षण […]

मेगा बैंकले सच्यायो लाभांशको घोषणा, अब लगानीकर्ताले नगद लाभांश पनि पाउने

कम्पनीले लाभांश सच्याइएको सूचना जारी गर्दै कुल मुनाफाको १० प्रतिशत बोनस शेयर र २.०७ प्रतिशत नगद (करसहित) लाभांश दिने प्रस्ताव गरेको छ ।

आरबीबी मर्चेन्ट बैंकिङ्ग लिमिटेडले सेयर धनीलाई १० प्रतिशत नगद लाभांश दिने

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको पूर्ण स्वामित्वमा सञ्चालित सहायक कम्पनी आरविवि मर्चेन्ट बैंंकिङ्ग लिमिटेडले सेयर धनीलाई १० प्रतिशत नगद लाभांश दिने भएको छ । मंगलबार सम्पन्न छैटौँ वार्षिक साधारण सभाबाट आर्थिक वर्ष २०७७/७८ को नगद लाभांशसम्बन्धी प्रस्ताव पारित गरिएको लिमिटेडले जानकारी दिएको छ । सञ्चालक समितिका अध्यक्ष एवं राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका नायब प्रमुख कार्यकारी कविराज अधिकारीको अध्यक्षतामा साधारण सभा सम्पन्न भएको हो । साधारण सभामा प्रमुख अतिथि एवम् बैंकका प्रमुख कार्यकारी अधिकृत

सिनर्जी पावरको १० प्रतिशत बोनस प्रस्ताव, हकप्रद पनि जारी गर्ने

२५ साउन, काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस र सोको कर प्रयोजनका लागि ०.५२६ प्रतिशत नगद लाभांश समेत दिने निर्णय गरेको हो । कम्पनीका कम्पनी सचिव धु्रबराम शर्माका अनुसार गत आर्थिक वर्षका मूनाफाबाट १० प्रतिशत बोनस सेयर, नगद लाभांश दिने निर्ण […]

लुम्बिनी जनरल इन्स्योरेन्सको १० प्रतिशत लाभांश पारित

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले आफ्नो १६औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीले भर्चुअल माध्यमबाट सभा सम्पन्न गरेको हो । सभामा ५ प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनश सेयर गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको छ ।त्यस्तै, सभाले सञ्चालक समितिको १६औं वार्षिक प्रतिवेदन २०७६/०७७ पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित २०७७ साल […]

नेसनल लाइफ इन्स्योरेन्सकाे १० प्रतिशत बाेनस शेयर पारित

कम्पनीले आर्थिक वर्ष २०७५/७६ का लागि प्रस्ताव गरेको चुक्तापुँजीको १० प्रतिशत बोनस शेयर र त्यसमा कर प्रयोजनार्थ ० दशमलव ५३ प्रतिशतले हुन आउने नगद १ कराेड ६२ लाख २४ हजार ३ सय ५१ रुपैयाँ (नगद लाभांश) प्रदान गर्ने प्रस्ताव पारित गरेको छ

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सकाे साढे १० प्रतिशत लाभांश दिने प्रस्ताव पारित

कम्पनीकाे २६औँ वार्षिक साधारणसभाले ७ दशमलव ३७ प्रतिशत बोनस शेयर र ३ दशमलव १६ प्रतिशत नगद लाभांश गरी साे परिमाणकाे लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेकाे हाे