काठमाडौं । नेकपा संयुक्तका नेता डा विजय पौडेलको निधन भएको छ । पूर्वसांसद समेत रहेका उनको केहीबेर अघि कीर्तिपुर अस्पतालमा निधन भएको हो । कीर्तिपुर अस्पतालका कार्यकारी निर्देशक डा.किरण नकर्मीका अनुसार पौडेललाई अस्पताल ल्याइपुर्याउँदै निधन भइसकेको थियो । उनी एमालेको राजनीतिमा लामो समय सक्रिय थिए । एमालेबाट माधव नेपालको समूह छुट्टिएपछि उनी एकीकृत समाजवादीमा थिए […]
बूढीगण्डकीको बाढीले विद्युत् संरचनामा क्षति पुर्याएपछि उत्तरी गोरखाका करिब पाँच हजार घरधुरी विद्युत्विहीन भएका छन्। बिजुलीसँगै इन्टरनेट र आवागमन प्रभावित हुँदा स्थानीय जनजीवन तथा पालिकाका प्रशासनिक सेवा अवरुद्ध भएका छन्। धार्चे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुद्धिराम बस्नेतका अनुसार सातै वडाका करिब चार हजार घरधुरीमा विद्युत् सेवा बन्द भएको छ। नेपाल विद्युत् प्राधिकरणको आरुघाटस्थित वितरण केन्द्रमा […]
संयुक्त राज्य अमेरिकाका लागि प्रस्तावित राजदूत चिरन जङ्ग थापाले संसदीय समितिले आफूलाई अनुमोदन गरेर पठाएकोमा गर्व गर्न सक्ने गरी कार्यसम्पादन गर्ने दृढता व्यक्त गरेका छन्।