अस्तव्यस्त काठमाडौं बन्ला व्यवस्थित ?

काठमाडौं देशको राजधानी मात्र नभएर एक प्रमुख शहर जहाँ लाखौको सपना, भविष्य र गन्तव्य जोडिएको शहर हो । दैनिक अर्बाैंको व्यापार हुने यस शहरमा चाहे व्यवसायको निमित्त होस् वा सामाजिक कार्यको निमित्त, चाहे सिंहदरबार चाहार्न होस या औषधि उपचारको निमित्त होस् नेपाली जनताले एकपल्ट ठोक्किनैपर्ने बाध्यता रहिआएको छ । विकासले गति लिँदै गर्दा मेलम्चीले काठमाडौं पनि प्रवेश गरेकै हो । काठमाडौंमा मेट्रो रेल कुद्दैन≤ तर समग्र विकासको गति हेर्दा कतै न कतैबाट यस शहरले लाभ भने अवश्य उठाएको छ । तर, विकासको पूर्णविराम हुँदैन । हिजोको तुलना गर्दैमा विकासले आजको स्तर कायम गर्न सकेको मान्न सकिँदैन । हिजोको तुलना गरी हेर्दा काठमाडौंले ठूलै फड्को मारेको हुन सक्छ । तर, अझै पनि पानीको निमित्त संघर्ष गर्नुपर्ने अवस्था छ । पहेलो पानी प्रयोग गर्न बाध्यता रहिआएको छ । फोहोर संकलनको निमित्त मासिक रकम तिरे पनि फोहोर समयमा नउठ्ने समस्या छ । स्वच्छ हावा प्राप्त गर्न पाउनु पनि एउटा संघर्षसरह देखिन्छ यहाँ । वर्षा याममा बाटोमै नहर बनेर यातायात ठप्प पारेको देखिन्छ । सवारी जामले गर्दा दिनचर्या नै प्रभाव पार्न थालेको छ । काठमाडौंवासीलाई पिरोल्ने अर्को कुरा महँगी हो । चाहे छोराछोरी पढाउन तिरिने शुल्क होस् या दैनिक रासन पानीको शुल्क – दिनहुँ काठमाडौं महँगिँदै गएको देखिन्छ । यातायात सेवा प्रयोग गर्न खेप्नुपर्ने भीडभाड एकातर्फ छ भने त्यसकै मूल्य पनि महँगो भइसकेको देखिन्छ । काठमाडौंको अँध्यारो पाटो हेर्ने हो भने लागू पदार्थको कुलत अर्को जटिल समस्याको रूपमा देख्न सकिन्छ । यहाँ अपराध सुनसान कोठाभित्र हुन थालेको छ र यो दैनिक बढेको देखिन्छ । कतै भोकमरी अनि कतै कुलतले काठमाडौं व्यस्त शहर भएर देखिन थालेको छ । यहाँ सबै तिरबाट प्रत्यक्ष प्रभाव पार्न सकिने माध्यम र कारण भेटिन्छन् । कोही साग बेचेरै गुजारा चलाइरहेका हुन्छन, अनि कोही लाखौं कमाउँदा पनि पर्याप्त नभएको गुनासो गर्छन् । बेरोजगारीले थला पारेको यस शहरमा कोही खाडी र कोही अस्ट्रेलिया अमेरिकामा भविष्य देख्नेहरूको बिगबिगी छ । एकथरी समूह त्यसैमा व्यवसाय गर्न तत्पर देखिन्छन् । प्रदूषित शहरका रूपमा काठमाडौं चिनिन थालेको छ, यहाँको वायुको खराबस्तर बेला बेला उच्च बिन्दुमा पुगेर बाहिर हिँड्नसमेत कठिन हुने अवस्था आउने गरेको छ । काठमाडौंलाई यही अवस्थामा छोड्नेभन्दा पनि सुधारको दायरामा ल्याउन आवश्यक छ । यहाँ थप विकासभन्दा पनि भइरहेको अवस्थालाई सुधार दिलाउनुपर्ने देखिन्छ । त्यसको निमित्त काठमाडौंलाई अहिले तत्काल सम्बोधन गरी हाल्नुपर्ने आवश्यकता छ । भविष्यलाई हेरेर प्राथमिकताको आधारमा छुट्ट्याई विकासलाई अर्को गति प्रदान गर्न आवश्यक छ । काठमाडौं वासीलाई धुरुक्कै पारेको भनेको फोहोरको समस्याले हो । ल्यान्डफिल साइटमा बेला बखत देखिने समस्यालाई दिगो समाधान आवश्यक छ । यसको विकल्पतर्फ समयमै अध्ययन गर्न आवश्यक छ । फोहोर फ्याल्नु आफैमा समाधान होइन, त्यसको प्रशोधनतर्फ पनि समयमै उन्मुख हुन सकेमा दिगो समाधान निस्कने थियो । कम्पोस्ट मल बनाउन होस् या फायर ब्रिकेट उत्पादनको निमित्त होस् उचित व्यवस्थापनले यसको समाधान दिलाउने थियो । काठमाडौंमा अहिले पनि सार्वजनिक शौचालयको बेहाल छ । यसको उचित व्यवस्थापनमा महानगरले ध्यान दिन आवश्यक छ । बढ्दो शहरीकरणले गर्दा काठमाडौंमा पार्किङको समस्या उच्च रहेको देखिन्छ । मूलत: काठमाडौंको न्यूरोड, दरबारमार्गजस्ता ठाउँमा सवारीसाधन राख्ने ठाउँसम्म नहुने हुँदा छुट्टै समस्या आइपरेको छ जसको निमित्त समाधान र ध्यान आवश्यक छ । ढल व्यवस्थापनको पनि ठूलो समस्या छ । ढलको उचित तरीकाले व्यवस्थापन गर्न सके काठमाडौंभित्र बग्ने खोला प्रदूषित हुने थिएनन् । कतिपय विषय जस्तो काठमाडौंको सडकमा हुने जामलाई नियन्त्रण गर्न सकिँदैन, यो बढ्दो शहरीकरणले निम्त्याउने एउटा पक्ष नै हो । तर, जामलाई व्यवस्थित गर्न भने अवश्य सकिन्छ । सर्वप्रथम त आवश्यक ठाउँमा ट्राफिक लाईट जडान गर्नुपर्छ । त्यसपछि उक्त ट्राफिक लाइटको प्रयोग पनि आवश्यक छ । अहिले पनि काठमाडौंको कतिपय ठाउँमा ट्राफिक लाइट भए पनि त्यसको प्रयोग भएको भेटिँदैन । मुख्य बाटोभन्दा फरक अर्को वैकल्पिक बाटो हुन सक्छ, त्यसको निर्माण र सुधार गर्न सके पनि जाममा हुने समस्याको न्यूनीकरण हुने थियो । यहाँ पानीको समस्या, महँगीको समस्याले पनि उस्तै समस्या निम्त्याएको छ । समाधान खोज्दै जाँदा काठमाडौं अवसरको शहर भनेर बिर्सन हुँदैन । अहिले पनि काठमाडौं भ्रमण गर्ने आन्तरिक र विदेशी पर्यटकको संख्या उल्लेखनीय छ । यहाँका धार्मिक स्थलमा व्यापक सुधार आवश्यक छ । तिनकुने जस्तो ठाउँलाई सदुपयोग गर्न आवश्यक छ । त्यति क्षेत्रमा पर्याप्त वृक्षरोपण गर्न सके मात्र पनि वातावरणमा ठूलो राहत हुने थियो । निजी शिक्षा महँगो भएको हुँदा सार्वजनिक शिक्षामा गुणस्तर वृद्धि गर्नुपर्ने आवश्यकता देखिन्छ । महँगो नै गुणस्तरीय हुन्छ भन्ने छैन भनेर प्रमाणित गर्न आवश्यक छ । अस्तव्यस्त बनेको राजधानीलाई एउटा गति प्रदान गर्न सकेमा नयाँ स्वरूप भेटिने थियो । एकै पटक मेट्रोको परिकल्पना गर्नुभन्दा पनि क्रमश: हुने विकासलाई अपनाउन आवश्यक छ । काठमाडौं शहरमा अहिले ठूलाठूला विकासभन्दा पनि उचित व्यवस्थापन खाँचो छ, जसले आवश्यक आधारभूत विषयहरू सम्बोधन गर्न सक्नेछ । विकास एकतर्फी पक्कै हुँदैन हातेमालो आवश्यक छ । अब पनि काठमाडौं वर्षामा हिलोमाडौं र सुक्खा याममा धूलोमाडौं नरहोस् । नयाँ नेतृत्वले यस महानगरलाई उदाहरणका रूपमा प्रस्तुत गर्न सकून् । रेग्मी बैंकर हुन् ।

सम्बन्धित सामग्री

लमजुङको ऐतिहासिक इलामपोखरी क्षेत्रलाई व्यवस्थित बनाइने

१५ फागुन, लमजुङ । लमजुङको दूधपोखरी गाउँपालिका-३ को ठूलो काभ्रे र दोर्दी गाउँपालिका-५ पाँचोकको बीचमा रहेको  इलामपोखरी क्षेत्रलाई व्यवस्थित गरिने भएको छ । यी दुई पालिकाको सिमानामा पर्ने यस ऐतिहासिक एवं धार्मिक सो क्षेत्रलाई व्यवस्थित गर्नाका साथै  विभिन्न संरचना पनि निर्माण गरिने भएको हो । दुवै गाउँपालिकाले संयुक्त बैठक बसी इलामपोखरी क्षेत्रलाई व्यवस्थित बनाइने, सातकन्यादेवी […]

स्वास्थ्य परीक्षण व्यवस्थित गर्ने प्रतिबद्धता

श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारमा जाने कामदारलाई दिइने ‘पूर्वप्रस्थान अभिमुखीकरण तालिम’लाई व्यवस्थित गर्ने प्रतिबद्धता जनाएको छ।...

पोखरा बसपार्क व्यवस्थित बनाउन हटाइयो ग्यारेज

पोखराको पृथ्वीचोकमा करिब पाँच दशक अघि व्यवस्थित बसपार्कका लागि छुट्याइएको जमिन अतिक्रमणमा परेपछि महानगरपालिकाले यसलाई व्यवस्थित गर्न सुरुवात गरेको छ।...

व्यवस्थित बनाइँदै पोखरा बसपार्क, मोटर पार्ट्स र ग्यारेज हटाइए

पोखराको पृथ्वीचोकमा करिब पाँच दशकअघि व्यवस्थित बसपार्कका लागि छुट्याइएको जमिन अतिक्रमणमा परेपछि महानगरपालिकाले व्यवस्थित गर्न सुरुवात गरेको छ ।

व्यवस्थित बन्यो कालीपुल बसपार्क

म्याग्दीको कालीपुल बसपार्क पछिल्लो समय व्यवस्थित बनेको छ । अव्यवस्थित संरचना हटाए आवश्यक संरचना निर्माणसँगै सरसफाइ गर्ने कर्मचारी राखेपछि कालीपुल बसपार्क सफा र व्यवस्थित बनेको हो । देशका विभिन्न भू–भागबाट सवारीसाधन आवातजावात गर्ने कालीपुल बसपार्क व्यवस्थित र सफा देखिँदै गएपछि बसपार्कका व्यवसायी, यात्रु, यातायात व्यवसायी र सवारीचालक खुसी भएका छन् । २०६४ मा पर्वत र […]

मदिरा कारोबारलाई व्यवस्थित गरिँदै

कञ्चनपुर, पुस ५ । शुक्लाफाँटा नगरपालिका क्षेत्रभित्र मदिराको कारोबारलाई व्यवस्थित गरिने भएको छ । नगरपालिकाको कार्यपालिकाको बैठकले व्यवसाय दर्ता तथा नवीकरणसम्बन्धी कार्यविधि तयार गरी मदिराको कारोबारलाई व्यवस्थित गर्ने भएको छ । मदिरा तथा सुर्तिजन्य पदार्थको कारोबार नगरपालिकाको मुख्य बजार गर्जमनी चोकबाट कलुवापुर चौराहसम्मको पूर्व–पश्चिम राजमार्गको उत्तर–दक्षिण दुई सय मिटर बजार क्षेत्रबाहेक अन्य सार्वजनिकस्थलभन्दा पाँच सय […]

व्यवस्थित शहरीकरण आजको आवश्यकता हो : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा निर्माण भएका र निर्माणको चरणमा रहेका शहरहरूलाई व्यवस्थित र योजनावद्ध रूपमा अगाडि (निर्माण) बढाउनुपर्ने बताएका छन् । शनिबार बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन गर्दै  देउवाले सो कुरा बताएका हुन् । प्रधानमन्त्री देउवाले शहरलाई व्यवस्थित रुपमा निर्माण गर्नु आजको आवश्यकता रहेको बताए।कार्यक्रममा लिखित मन्तव्य दिएका प्रधानमन्त्री देउवाले व्यवस्थित शहर नहुँदा स्वास्थ्य विपति र सामाजिक विकृति फैलिने गरेको बताए । व्यवस्थित शहरीकरणबाट मात्रै आर्थिक,

अव्यवस्थित बस्तीलाई व्यवस्थित गर्न जोड

बागमती नदी किनार आसापासका जग्गा अतिक्रमण गरी बसालिएका अव्यवस्थित जग्गालाई व्यवस्थित गर्नुपर्ने सरोकारवालाको माग छ । बागमतीमा रहेका अव्यवस्थित बस्तीलाई व्यवस्थित नबनाएसम्म बागमती नदीको सौन्दर्यता कायम राख्न नसकिने भन्दै उनीहरूले अतिक्रमण हटाएर व्यवस्थित गर्न माग गरेका हुन् ।सोमबार अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको २८औं वार्षिकोत्सवमा बोल्दै सरोकारवालाले बागमती नदी संरक्षण र नदीको सुन्दरता […]

व्यवस्थित वैदेशिक रोजगारी

वैदेशिक रोजगारीका नकारात्मक पाटा पनि छन्। तर रेमिटेन्स आयले मुलुकको अर्थतन्त्र धानिरहेको छ र यसको तत्कालै अर्को विकल्प छैन भन्ने सरकारलाई लाग्छ भने यसलाई व्यवस्थित गर्नेतर्फ लाग्नुपर्छ।...

सन्थालको व्यवस्थित बस्ती बन्ने

काठमाडौं, साउन ८ । मोरङको उर्लाबारीमा सन्थाल जातिको व्यवस्थित बस्ती निर्माणका लागि ठेक्का सम्झौता भएको छ । अल्पसङ्ख्यक र लोपोन्मुख जातिको उत्थान गरी उनीहरूलाई व्यवस्थित र एकीकृत बस्तीमा बसाउने कार्यक्रमअन्तर्गत बस्ती निर्माणको सम्झौता भएको हो । सहरी विकास मन्त्रालयअन्तर्गतको सङ्घीय आयोजना कार्यान्वयन एकाइका प्रमुख गङ्गाप्रसाद यादवले मोरङको उर्लाबारी नगरपालिकास्थित रातोहोली खोल्सी किनारमा बस्ती निर्माण गर्न […]