व्यवसायी तथा अन्तर्राष्ट्रिय दबाबका बाबजुद प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा सरकारले प्रतिबन्ध लगाइएका वस्तुहरुमा केही संशोधन गरेर प्रतिबन्ध कायमै गरेको छ । सरकारले विदेशी मुद्रामा बढी दबाब पार्ने महँगा गाडी, मोबाइल, मदिरा र मोटरसाइकलको आयात प्रतिबन्ध २८ असोजसम्म थप गरेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । मदिराको प्रतिबन्धलाई निरन्तरता दिएको भए पनि चुरोटको आयात […]