जिल्लाको देवघाट गाउँपालिका–२ खाल्टे निवासी इन्द्रबहादुर सुनारीले व्यावसायिकरूपमा बङ्गुर पाल्न शुरु गरेका छन् । साउदी अरब र कतारमा लामो समय बिताएका सुनारीले स्वदेश फर्किएपछि बङ्गुर पाल्न शुरु गरेका हुन् ।गत वैशाख महिनादेखि व्यावसायिकरूपमा बङ्गुर पाल्न थालेको उनले बताए । श्री लाफा पशुपन्छी कृषि तथा बङ्गुर पालन फार्म दर्ता गरी शुरुमा रु चार लाख लगानी गरेर स्वदेशमै बसेर कृषि व्यवसाय शुरु गरेको उनको भनाइ छ । धेरै क्षेत्रको अनुभव बटुलेका सुनारीले कृषि क्रान्ति गरी गाउँमै स्वरोजगार बन्न