बाघ आक्रमण : त्रासमा मध्यवर्ती क्षेत्रका बासिन्दा

बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा अवस्थित जङ्गलमा घाँस काट्न गएका सुर्खेतको भेरीगङ्गा नगरपालिका–५ गेरवानीका दुई जनाको आइतबार बाघको आक्रमणबाट मृत्यु भयो । निकुञ्जसँग जोडिएको जङ्गलमा मानिसलाई आक्रमण गरेको घटना सेलाउन नपाउँदै बुधबार बिहानै सल्यानको कालीमाटी गाउँपालिका–७ बाटुलेमा बाघ प्रवेश ग¥यो ।बाघले स्थानीय तुल्सीकुमारी घर्तीका दुई गोरु मार्नुका साथै एकलाई घाइते बनायो । निकुञ्ज छाडेर बाघ बस्ती प्रवेश गर्न थालेपछि स्थानीय बासिन्दामा त्रास बढेको छ । प्रायः नि

सम्बन्धित सामग्री

बाघ आक्रमण बढेपछि घाँसदाउरा र चरिचरनमा रोक

बाघको आक्रमणबाट स्थानीय मारिन थालेपछि मधुवन नगरपालिकाले खाता जैविक मार्ग र सामुदायिक वनमा घाँसदाउरा गर्न र बस्तुभाउ चराउन रोक लगाएको छ । बुधबार दिउँसो पाटेबाघको आक्रमणबाट मधुवन–३ को सम्झना सामुदायिक वनमा घाँस काट्न गएकी स्थानीय रीना भनिने रेनुका सुनारको ज्यान गएको थियो ।

बढ्दै बाघ आक्रमण, त्रासमा स्थानीयवासी

– काशीराम शर्मा बाँके । पछिल्लो समय बाँके र बर्दिया जिल्लामा बाघको आक्रमण बढेको छ । बाघ आक्रमण बढेसँगै

बाघ आक्रमण बेहोरेका बद्रहनीबासीको ब्यथा

बद्रहनी गाउँ नेपालको एक प्रमुख पर्यटकीय क्षेत्र सौराहाभन्दा लगभग तीन किलो मिटर पश्चिममा पर्छ । सौराहाको आडमा पनि राप्ती नदी नै बग्छ । त्यो गाउँ पनि राप्ती नदीकै आडमा छ । नदीभन्दा पर सौराहामा पनि चितवन निकुञ्जको जंगल नै छ, बद्रहनी पारी पनि निकुञ्जकै जंगल छ । तर सौराहा पर्यटनका कारण चम्किलो छ भने बद्रहनीमा जंगली जनावरबाट पीडित भएकाहरु गाउँभरि नै भेटिन्छन् ।