सञ्चारिका समानता पुरस्कार पत्रकार फातिमा बानु र विद्या राईलाई प्रदान गरिने

काठमाण्डाै – सञ्चारिका समानता पुरस्कार २०७७ पत्रकार फातिमा बानु र विद्या राईलाई संयुक्त रूपमा प्रदान गरिने भएको छ । कान्तिपुर पत्रिकामा प्रकाशित 'अस्पताल नपुगी ज्यान गुमाउँछन् गर्भवती र सुत्केरी' फिचरका लागि पत्रकारद्वय फातिमा बानु र विद्या राईलाई संयुक्त रूपमा पुरस्कार दिन लागिएको हो । सञ्चारिका समानता पुरस्कारको राशि १५ हजार रुपैयाँ रहेको छ । तीन सदस्यीय पुरस्कार छनाेट समितिले समाचार, लेख, लैङि्गक संवेदनशिलता तथा अन्वेषण जस्ता विषयवस्तुलाई आधार बनाएर मूल्याङ्कन गरेको थियो । समानताका लागि सञ्चारिका समूहले...