हलिउड डेब्यूका लागि तयार अञ्जली लामाः ‘वुमेन स्टोरिज’ मा निभाउनेछिन् विशेष भूमिका

नेपाली ट्रान्सजेन्डर मोडल अञ्जली लामा हलिउड फिल्ममा डेब्यू गर्ने भएकी छिन् । ६ भागमा बाँडिएको यो फिल्मका निर्देशन संसारभरीका विभिन्न महिला निर्देशकले गर्नेछन् । यो फिल्ममा कलाकारदेखि निर्देशक सबै महिला मात्रै हुनेछन् । डेडलाइनको एक रिपोर्ट अनुसार अञ्जली लामा, बलिउड नायिका ज्याकलिन फर्नान्डिससँग फिल्म निर्माता लिना यादवद्वारा बनाइएको एक भागमा देखिनेछन् जसको टाइटल हुनेछ ‘शेयरिङ अ राइड’ । स्मरण रहोस्, लिना यादवले पार्च्ड, शब्द र तीन पत्तीजस्ता सफल फिल्ममा निर्देशन गरिसकेकी छिन